चिकित्सक संघ आन्दोलित, भोलिबाट देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

    चिकित्सक संघ आन्दोलित, भोलिबाट देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

 काठमाडौं । अनसनरत डा.गोविन्द केसीका माग वेवास्था गरेको भन्दै नेपाल चिकित्सक संघले बिहीवार देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा. केसीका मागप्रति एेक्यबद्धता जनाउँदै संघले यस्तो निर्णय गरेको हो ।

सरकारले डा. केसीले उठाएका मागप्रति गम्भीर नभएको भन्दै बिहीबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

असार १६ गतेदेखि जुम्लामा अनशनमा बस्नुभएका संघका आजीवन सदस्य प्राडा. गोविन्द केसीको जीवन रक्षाका निम्ति  प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेता समक्ष पुग्दा समेत केसीको जीवनरक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारीबोध नगरिएको नेपाल चिकित्सक संघको ठहर छु, संघद्वारा आज सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘डा गोविन्द केसीको जीवनरक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने एवं माइतीघर मण्डलामा दिउँसो १२ बजे भेला हुने निर्णय भएको छ।’

प्रतिकृया दिनुहोस

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

करुणा फाउन्डेसनका कर्मचारीलाई

नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’

१६ औं अनशन बस्ने डा.केसीको चेतावनी

कर्णालीको राजधानी सुर्खेतमा फिस्टुला

एएफसी अण्डर १६ महिला च्याम्पियनसिपमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला