डाक्टर केसीका माग पूरा गर्न सरकार तयार : स्वास्थ्य राज्यमन्त्री  

 डाक्टर केसीका माग पूरा गर्न सरकार तयार : स्वास्थ्य राज्यमन्त्री  

काठमाडौं । अनसनरत् डा. गोविन्द केसीका माग पुरा गर्न सरकार तयार रहेको स्वास्थ्यराज्य मन्त्री पद्मा अर्यालले बताएकी छिन् । 

काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले सरकार डा. केसीका मागहरुप्रति गम्भीर रहेको बताउँदै भनिन् ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गरेको हो । सुरुमा उहाँ आफैँ वार्तामा आउन चाहनुभएन, हिजोदेखि केही लचक हुनुभएको छ ।’ मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराखिने बताउँदै भनिन्, ‘उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गईरहेको छ । काठमाडौं ल्याएर उहाँको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारको तयारी छ ।’

कार्यक्रममा नेकपाका नेता योगेश भट्टराईले आक्रोशित हुँदै भने,“फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ?”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि १५ औँ पटक अनशनमा बसेका गोविन्द केसीको माग जायज भएकाले कांग्रेसले समर्थन गरेको बताउँदै पाण्डेले केसीको जीवनरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए । केसीलाई कांग्रेसले उचालेको भन्ने आरोपको खण्डन गर्दै पाण्डेले भने,“केसीलाई हामीले उचालेका छैनौँ । उहाँलाई देखाएर कांग्रेसले राजनीति गरेको होईन । त्यो अवस्था आइसकेको छैन । कांग्रेस कमजोर छैन । जनताको हितमा भएको जायज मागको पक्ष लिएका मात्रै हौँ ।” 

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् । पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारको लागि श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनको जोड थियो । 

गोविन्द केसीको विरुद्धमा बोल्नेहरु माफिया हुन् ।’ : अधिकारी

नेकपाका प्रदेशसभा सदस्य एवम् प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्य डा. रामकुमार अधिकारीले पत्रकाहरुले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप लगाएका छन् । उनले भने,‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ विधिको कुनै मूूल्य छैन् । कानूनको पालना गरिँदैन । एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरुले उसैको बारेमा समाचार लेख्नेछन्, ‘गोविन्द केसीको विरुद्धमा बोल्नेहरु माफिया हुन् ।’

उनले अघि थपे,‘मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुइलाखको लगानी छ, अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाईने सहमति हुन्छ, मनमोहन मेडिकल कलेज लिलाममा जान्छ, फेरी पत्रकारहरुले लेख्नेछन् माफियाहरुले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो ।’ उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु विदेशमा पढ्न जान वाध्य भएको गुनासो पोखे । उनले भने,‘माथेमा आयोग र डा.केसी हत्यारा हुन् । बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे । यसको दोषी उहाँहरु नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन् ।’

प्रतिकृया दिनुहोस

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी

कहिले उठ्छ काठमाडौं महानगरको फोहर

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि