मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति छैनः अध्यक्ष प्राडा बाँस्कोटा

मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति छैनः अध्यक्ष प्राडा बाँस्कोटा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले मापदण्ड पुरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा मेडिकल कलेजलाई कुनै आपत्ति नभएको बताएका छन् ।

उनले पूर्वाधार भएका र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई कुनै आपत्ति नहुने बताए ।  उनले भने,‘कति वर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान होईन, काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने हो, हामीले त क्वालिटी र पूर्वाधार हेर्ने हो, कसले पूर्वाधार लगायतका आवश्यक मापदण्ड पूरा गरेका छन् त्यो कुरा हेर्नुपर्छ, यदि ती कुराहरु पूरा भएका छन् भने सम्बन्धन दिँदा हामीलाई आपत्ति हुँदैन ।’

सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बाँस्कोटाले भने,‘ मुलुककै पहिलो निजी मेडिकल कलेज मणिपाललाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन, अहिले राम्रै छ ।’  चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिएपनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेको उनको भनाई थियो ।

उनले भने,‘माथेमा आयोगले पनि सबै मेडिकल कलेजलाई एउटै बास्केटमा हाल्यो, यो गलत भयो, बेमानलाई ठेगान लगाउनुपर्दथ्यो, सबैलाई एउटै बास्केटमा हाल्ने काम गलत भएको थियो ।’ आफूले ०७२ जेठ अन्तिममा काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालको सुनाउँदै बास्कोटाले यो बीचमा डरलाग्दो तथ्यांक फेला पारेको बताए । उनले भने,‘सन् २०१४ मा एमबिबिएस र बिडिएस अध्ययनको लागि विदेश जाने विद्यार्थीको तथ्यांक १३६९ जना रहेछ, यो सन् २०१५ मा १४६१ पुग्यो, उनीहरु कति पैसा लिएर गए, कस्तो शिक्षा लिएर आउँछन् भन्ने कुरा हो, वास्तवमा नेपालमा मेडिकल ईन्टा«न्स फेल भएका ९० प्रतिशत विद्यार्थीहरु बाहिर पढ्न गएको देखिन्छ ।’

नेकपाका नेता एवम् पूर्वमन्त्री डा. वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् । अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ ।  नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ ।’

प्रतिकृया दिनुहोस

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी

कहिले उठ्छ काठमाडौं महानगरको फोहर

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि