गोविन्द केसीका जायज माग सम्बोधन नभए सडकबाट विकल्प खोजिने

    गोविन्द केसीका जायज माग सम्बोधन नभए सडकबाट विकल्प खोजिने

काठमाडौं, १७ असार । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले डा. गोविन्द केसीका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार, अनशनरत डा. केसी र निजी मेडिकल कलेजका लगानी कर्ताबीच सहमति हुनुपर्ने पौडेलको भनाइ छ । 

काठमाडौमा आयोजित कार्यक्रममा पौडेलले अनशन बसेर समस्या बल्झ्निे भन्दै यस्तो त्रिपक्षीय सहमति खोज्न आग्रह गरे  । उनले भने,‘माथेमा आयोग प्रतिवेदनका आधारमा सरकारले यस अघि गरेका सहमति र निर्माण गरेको ऐनलाई कार्यान्वयन गर्नुपर्छ, डा. गोविन्द केसीले उठाएका सबै मागहरु जायज छन् भन्न सकिँदैन, केही मागहरूको बारेमा गहन अध्ययन हुन बाँकी छ, सरकारले बहुमतको दम्भ देखाएर उनका माग वाइपास गर्न सक्दैन ।’ 

कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाही, सर्वसत्तावादी र अधिनायवादी बाटोमा हिडेको आरोप लगाउदै सरकार जनताको पक्षमा भन्दा माफियाको पक्षमा उभिएको जिकिर गरे । उपत्यकामा १० वर्षसम्म शिक्षण अस्पताल खोल्न नपाईने, निजी क्षेत्रका मेडिकलको स्वास्थ्य सेवाको निगरानी गर्नुपर्ने, छात्रवृत्तिको उचित कार्यान्वयन गर्नुपर्ने, पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या, राप्ती अञ्चल अस्पताल र गेटा शिक्षण अस्पतालको समस्या समाधानको बारेमा केसी अनशनमा हुनुहुन्छ, हामी उहाँको साथमा छौं, यदि सरकारले पूर्व सहमति विपरित काम गर्न थाल्यो भने हामी सकडबाट त्यसको विकल्प खोज्छौं ।’

निजी मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसन नेपालका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले निजी मेडिकल कलेजलाई राज्यले निर्वाध रुपमा बाँच्न दिनुपर्ने बताए । कार्यक्रममा बिएनसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् ।  

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला