भूकम्पमा धरहराबाट खसेर बाँचेकी प्रशंसाले पूरा गरिन् नर्स बन्ने सपना

भूकम्पमा धरहराबाट खसेर बाँचेकी प्रशंसाले पूरा गरिन् नर्स बन्ने सपना

काठमाडौँ । भूकम्पको समयमा छाएको एउटा तस्बिरले धेरैको मन हल्लाएको हुनुपर्छ। त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरी थिइन् र उनको टिसर्टमा लेखिएको थियो, ‘ड्रिम द वल्र्ड’।

ती युवती थिइन्, प्रशंसा श्रेष्ठ। 

टिसर्टमा लेखिएको ‘संसार एउटा सपना’ भूकम्पका कारण पूरा हुन पाएन। तर भूकम्पले ढालेको धरहराको रेलिङमुनि किचिएकी प्रशंसा अहिले आफ्नो सपना साकार पार्न अघि बढिरहेकी छिन्। उनको सपनाको सारथि बनिरहेका छन्, नर्भिक अस्पताल र अस्पतालका अध्यक्ष वसन्त चौधरी। धरहराको टुप्पोबाट खसेर पुनर्जीवन पाइन् प्रशंसाले, उनलाई उपचार गरेर तन्दुरुस्त बनाइदियोे नर्भिक अस्पतालले।

भूकम्पमा परेकी प्रशंसा चार महिना अस्पतालमै बस्नुपर्‍यो। धराहराको रेलिङमुनि किचिएकी उनलाई उद्धारकर्ताले तत्काल उद्धार गरे र नर्भिक हस्पिटल पुर्‍याए। अस्पतालले उनको उपचारमा कुनै कमी आउन दिएन। ‘धन्न, अस्पतालले निःशुल्क उपचार गरिदियो,’ उनकी आमा पशुपति श्रेष्ठ भन्छिन्।

प्रशंसाले त्यो समय लगाएको टिसर्टमा लेखिएको शब्द ‘ड्रिम’ नै भएको छ, अहिले उनको जिन्दगी। उनको संसार देख्ने सपना धरहराले आफूसँगै विलिन गर्न सकेन। अब यो संसारका लागि उनको सपना छ— ‘नर्स भएर बिरामीको सेवामा लाग्ने।’ 

स्याङ्जाबाट काठमाडौँ पढ्न आएकी थिइन् प्रशंसा। स्याङ्जाबाटै उनकी ठूलीआमाकी छोरी काठमाडौं आएकी थिइन्। कहिल्यै धरहरा नचढेकी उनले शनिबार घुमाउन त्यहाँ पु¥याएकी थिइन्। उनीहरू धरहराको टुप्पोमा पुगेर काठमाडौंको क्रंकिट जंगल हेरिरहेका थिए। उनकी दिदीले आफूले आकाश चुमेको प्रतिक्रिया दिँदै थिइन्। उनीहरूका लागि नौलो अनुभव थियो— जमिनमाथिको नौतले धरहरा। 

तर अचानक रुख हल्लिएझैं हल्लिन थाल्यो। प्रशंसा उभिन सकिनन्। रेलिङ समातेर दिदीकै आडमा थचक्क बसिन्। त्यसपछिका सात दिन उनको जीवनबाट गायब भयो। भन्छिन्, ‘ती सात दिन कसरी बिते, केही थाहा छैन।’ उनीसँगै रहेकी दिदी भने जीवित भेटिनन् उनले। 

धरहराबाट खस्दा उनको दाहिने नली खुट्टाको हड्डी भाँच्चिएको थियो। भूकम्पपछि वसन्त चौधरी फाउन्डेसनको सहकार्यमा मोबाइल इन्टरनेसनल सर्जिकल टिम (मिस्ट) सिंगापुरबाट आएको थियो। सोही टिमले सँगै ल्याएको थियो, हड्डी भाँच्चिएपछि तन्दुरुस्त पार्ने अत्याधुनिक उपकरण ‘ट्रेलर स्पाइनल फ्रेम’। 

नर्भिक हस्पिटल, वसन्त चौधरी फाउन्डेसन र मिस्टको सहकार्यमा एउटै उपकरणको दुई हजार डलर पर्ने छ वटा उपकरण प्रयोग गरेर प्रशंसालाई चाँडै तन्दुरुस्त बनाइयो।  उनको उपचार चल्दै गर्दा एकदिन चौधरी भेट्न आए र सोधे, ‘निको हुँदैछौ ? भविष्यमा के बन्ने योजना छ ?’ 

प्रशंसालाई जवाफको अभाव भएन। किनभने उनको सानैदेखि नर्स बन्ने सपना थियो। त्यसैले प्लस टूमा विज्ञान विषय पढिरहेकी थिइन्। 

उनले भनिन्, ‘नर्स बन्ने।’

चौधरीले तुरुन्तै उनको सपना आफूले साकार पारिदिने विश्वास दिलाए। नर्सिङ पढ्न सहयोग गर्ने चौधरीले वाचा पूरा गरेका छन्। चौधरीकै सहयोगमा अहिले प्रशंसा बिएससी नर्सिङ पहिलो वर्षमा पढिरहेकी छिन्।

त्यसबेलाको उपचारपछि चौधरीले प्रशंसालाई भेटेका पनि छैनन्। तर ललितपुर नर्सिङ कलेजमा पढ्दै गरेकी उनलाई चौधरीले अरूमार्फत नै पढाइ खर्च बेहोरिइरहेका छन्।

भूकम्पले उनलाई पुरानो याद ताजा गराइदियो। आफूलाई नयाँ जीवन दिने अस्पताल र त्यसका सञ्चालक चौधरी भेट्न आमासहित केही दिनअघि उनी काठमाडौं आइपुगेकी थिइन्।

स्थ्यखबरकर्मीले उनी धरहराबाट खसेर पनि जोगिन सफल रहेको विषयमा ‘धरहराले ढाल्न नसकेको नर्स बन्ने एउटा सपना’ भनेर समाचार त्यहीबेला प्रकाशित गरेको थियो। यसपल्ट उनलाई भेट्दा सपना पूरा गर्न लागिपरेकी रहिछन्।

सपनाका सारथि बनिरहेका चौधरीलाई उनले ‘भगवान्भन्दा माथि’को संज्ञा दिइन्। भनिन्, ‘उहाँकै अस्पतालले मेरो ज्यान जोगाइदियो। नर्स बन्ने सपना पनि पूरा गरिदिँदै हुनुहुन्छ। हाम्रा लागि त भगवान्भन्दा माथि हुनुहुन्छ उहाँहरू।’ स्वास्थ्यखबर पत्रिकाबाट 

प्रतिकृया दिनुहोस

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी

कहिले उठ्छ काठमाडौं महानगरको फोहर

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि