सडेको मासु बेच्दै काठमाडौंका मासु पसले

सडेको मासु बेच्दै काठमाडौंका मासु पसले

सुमन लामा/काठमाडौं ।  काठमाडौंका अधिकांश मासु पसलमा मापदण्ड विपरित सडेको मासु बिक्री–वितरण हुने गरेको पाइएको छ । व्यवसायीको लापरवाहीले गर्दा उपभोक्ता अस्वस्थ्यकर मासु खान वाध्य भएका छन् । 

शुक्रवार बौद्ध जोरपाटी चोकमा रहेका आधा दर्जन मासु पसलहरुको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा भएको अनुगमनले यस्तै पुष्टि गर्छ । अनुगमनका क्रममा व्यवसायीले मासु खुला राख्ने, सडेको मासु समेत बेच्दै आएको, कतिपय पसलले वासी मासु बेच्ने गरेको, सरसफाईमा ध्यान नदिने र  कम तौलका ढकहरु प्रयोग गर्ने गरेको पाइएको थियो । 

अनुगमन समिति संयोजक तथा निरीक्षण अधिकृत रमेशराजी श्रेष्ठ पहिलो चोटी सुधारको मौका दिइएको बताउँदै फेरि पनि वेवास्था गरिए पसल शिलबन्दी गरिने बताए । उपभोक्ताहित विपरित अवस्थ्य मासु विक्री गर्नेलाई कानूनी कारवाही गरिने समेत उनले चेतावनी दिए ।  अनुगमन टोलीमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारी, प्रहरी, उपभोक्ता अधिकारकर्मी र वडा सचिव लगायत सहभागी थिए । त्यसक्रममा ६ ओटा मासु पसलको अनुगमन गरिएको थियो ।    

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला