अझै किन गोठमै बच्चा जन्माउछन् हुम्ली महिला ?

अझै किन गोठमै बच्चा जन्माउछन् हुम्ली महिला ?

 दाने बोहरा

हुम्ला /सरकारले प्रसुति केन्द्रमा सुत्केरी गराउन प्रोत्साहन गरेपनि हुम्लाका कतिपय महिला अझैपनि ‘गोठ’ मै बच्चा जन्माउँदै आएका छन् ।

गर्भवतिको स्वास्थ्य तथा शिशु मृत्युदर घटाउन सरकारले हरेक स्वास्थ्य संस्थामा प्रसूति सेवाको व्यवस्था गरेपनि चेतनाको अभावमा अझै स्थानीय महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । भौगोलिक विकटता र जनचेतना कमीले ३० प्रतिशत महिला घरमै प्रसूति हुने गरेको तथ्याङ्क छ ।

एक हप्ताअघि आफ्नो दोस्रो सन्तान गोठमा जन्म दिएकी चंखेली गाउँपालिका– ५ की पुल्तीसरा शाहीले बर्थिङ्ग सेन्टर घरबाट निकै टाढा भएकाले गोठमै बच्चा जन्माउन बाध्य भएको बताइन् । सोही गाउँकी शुस्मिता शाहीले बर्थिङ् सेन्टरमा बच्चा जन्माउँदा सरकारले केही सेवा सुविधा दिने थाहा भएपनि टाढा हुँदा जान नसकिएको बताइन् ।   यो समस्या विकटवासीको मात्र नभएर सदरमुकाम नजिकैका महिलाहरुमा पनि उस्तै छ ।

नियमित गर्भ जाँच नगराएकै कारण केही महिलाहरु सुत्केरी हुने दिनबारे समेत अनविज्ञ हुने गरेको सिमकोट गाउँपालिका–४ हिल्दुमकी कमला शाहीले बताइन् ।   जिल्लामा एक जिल्ला अस्पताल र २२ ओटा स्वास्थ्य चौकी रहेका छन् । सबैमा बर्थिङ सेवा उपलब्ध छ । जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले भन्छिन् ‘   अझै ३० प्रतिशत गर्भवतीले बर्थिङ्ग सेन्टर बाहिरै बच्चा जन्माउने गरेका छन् ।’ यो निकै चुनौतीपूर्ण भएको उनको भनाइ छ ।

स्वास्थ्य केन्द्रहरुमा गर्भवती महिलालाई ४, ६, ८ र ९ औं महिना गरि चार पटक निःशुल्क गर्भ जाँचको व्यवस्था गरेको छ । चार पटक गर्भजाँच गराए बापत ४ सय रुपैया र सुत्केरी गराउन प्रसुति गृहमा आए बापत १५ सय गरेर १ हजार ९ सय रुपैया प्रदान गर्ने गरिएको बोहराले बताईन् । जनचेतनाको अभाव र महिलाहरु आफ्नो भित्री अंग देखाउन लाज मान्ने गरेका कारण पनि चेकजाँच गर्न नजाने गरेकोे बहुक्षेत्रीय पोषण कार्यक्रमका जिल्ला संयोजक दिनेश बाले बताए । 

प्रतिकृया दिनुहोस

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी

कहिले उठ्छ काठमाडौं महानगरको फोहर

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि