भारतीय कम्युनिष्ट पार्टीका महासचिव येचुरी श्रीनगर एयरपोर्टबाट गिरफ्तार

     भारतीय कम्युनिष्ट पार्टीका महासचिव येचुरी श्रीनगर एयरपोर्टबाट गिरफ्तार

एजेन्सी । भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी र नेता डी. राजालाई श्रीनगर एयरपोर्टबाट गिरफ्तार गरिएको छ । जम्मु–कश्मीर राज्यमा आफ्ना कार्यकर्ता भेट्न पुगेका उनीहरूलाई श्रीनगर विमानस्थलमा ओर्लनासाथ पक्राउ गरिएको भारतीय मिडियाले बताएका छन् ।

महासचिव येचुरी र नेता डी. राजाले जम्मु–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई गत विहीबार पत्र लेख्दै उनीहरु श्रीनगर प्रस्थान गरेका थिए । सिपीआइएम विधायक एमवाइ तारिगामीको स्वास्थ्य  स्थिति बुझ्न र पार्टी कार्यकर्तासँग भेटघाट गर्न श्रीनगर गएको अवस्थामा उनीहरुलाई हिरासतमा लिएको घटनाप्रति माकपाले विरोध जनाएको छ । नेता यचुरीले प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) सँग कुरा गर्दै भने,‘आफूहरू विरामी सहकर्मी भेट्न आएको बेला पक्राउ गर्नु दुखद घटना हो । हाम्रो यसमा आपत्ति छ ।’

येचुरीले राज्यपाल मलिकलाई सुचित गर्दै श्रीनगर जाँदा सुरक्षा निकायले हिरासतमा लिनु गलत रहेको बताए । सोमवारदेखि जम्मु–कश्मीरमा संविधानको अनुच्छेद ३७० खारेज गर्दै धारा १४४ लागू भएको अवस्थामा उनीहरुलाई पक्राउ गरिनु गम्भीर घटना भएको विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला