भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन,अन्तिम संस्कार बेलुका ४ बजे

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन,अन्तिम संस्कार बेलुका ४ बजे

नयाँ दिल्ली ।  भारतीय पूर्व विदेशमन्त्री एवम् भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

अचानक हृदयघात भएपछि राति सवा १० बजे उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसएम्स अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेकाले बचाउन सकेन। स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए।

उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रसंशा गरेका छन्।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी स्वराजका राजनीतिक गुरु लालकृष्ण आडवानी थिए । इन्दिरा गान्धीपछि विदेश मन्त्री पाउने सुष्मा दोस्रो महिला थिइन् । उनी भारतीय जनता पार्टीको विचाधारा परिपालन गर्न कट्टर थिइन् ।

स्वराजको मृत्युको खबरले आफू स्तब्त भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन् । त्यस्तै भाजपका अध्यक्ष एवम् भारतीय गृहमन्त्री अमित शाह भारतीय कंग्रेस आइका नेता राहुल गान्धीले पनि ट्वीट मार्फत स्वराजलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको आज साँझ ४ बजे अन्तिम दाहसस्कार गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला