भरतमा मोदीको मजबुद छवीको कमालःविदेशी मिडिया

नयाँ दिल्ली/भातरको लोकसभा निर्वाचनमा प्रधामन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धन ऐतिहासिक जित नजिक छ । यसले मोदीको चर्चा चुलिएको छ ।  विश्वका चर्चित मिडियाले खुलेर मोदीको जितको प्रशंशा गरेका छन् । विदेशी मिडियाले मोदीको जितलाई करोडौं जनताको विश्वासको परिणाम भनेर टिप्पणी गरेका छन् ।

बेलायती लोकप्रिय पत्रिका ‘द गार्जियनले’ लेखेको छ, ‘मोदीको भाजपाले फेरि कमाल गर्यो ।’ एक्जिट पोल सही सावित भयो ।  मोदीलाई सत्तामा जान रोक्ने थुप्रै प्रयास भएपनि ती सफल नभएको गार्जियनले उल्लेख गरेको छ ।

अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ले भनेको छ,‘मोदीको मजबुत छवी नै जितको राज हो । भाजपाको ठूलो नेतालाई रोक्न विपक्षलाई निकै मुश्किल पर्यो । मोदी हिन्दु राष्ट्रवादको राजनीतिका ब्रान्ड भएको पत्रिकाले टिप्पणी गरेको छ । मोदीले आर्थिक उन्नतिका लागि गरेको प्रयास,सरल ट्याक्स व्यवस्था,भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदमको मूल्याङ्कन गर्दै  भारतीय जनताले भारी मत दिएको पत्रिकाले दाबी गरेको छ ।

बीबीसी वर्ल्ड ले लोकसभा चुनावमा मोदीको ऐतिहासिक जित भएको बताएको छ । चुनावी रुझान लगत्तै भारतीय स्टक मार्केटमा उछाल आएको छ । मोदीलाई विभिन्न लान्छना लगाएपनि चुनावी परिणामले त्यो झुट सावित गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएन लेख्छ,‘पछिल्लो समय मोदीको नारा थियो,‘सबका साथ सबका विकास’ ।’ आफूलाई उनले चौकीदारको संज्ञा दिए । चुनावी नतिजाले उनलाई देशको रक्षक देखायो । यो  एकदमै फरक सन्देश हो ।

पाकिस्तानी टेलिभिजन च्यानल जियो टिभीले आफ्नो वेभसाइटमा लेखेको छ,‘चुनाव प्रचारका क्रममा केही राज्यमा मोदी प्रति महँगाई र वेरोजगारीको विषयलाई लिएर स्थानीय आक्रोशित थिए । तर,पुलवामा हमलापछि यो जनमत फेरियो । परमाणु शक्ति प्रर्दशनपछि माहोल वदलियो । यसबाट भाजपालाई फाइदा पुग्यो । मोदी यो मुद्धा क्यास गर्न सफल भए ।   

त्यस्तै पाकिस्तानी पत्रिका ‘द डन’ले मोदीको जित पाक विरोधी नीति विरुद्धको मुहर भनेर टिप्पणी गरेको छ ।  मोदी आउने पक्कपक्की नै छ । उनी आएपछि पाक नीति परिवर्तन हुँदैन यसको मतलब दुबै देशको तनाव कम हुने सम्भावना छैन । सवाल यो छ कि के मोदीले इमरान खानको शान्ति प्रस्तावलाई स्वीकार गर्लान त ? दैनिक भास्करबाट अनुवाद

 

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला