नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा स्पष्ट बहुमत

      नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा स्पष्ट बहुमत

भारतमा लोकसभा निर्वाचनमा प्रधानमन्त्री नेरन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीए अगाडि देखिएको छ । एनडीएले कूल ५४२ सिटमा ३५० सिटमा अग्रता कायम गरेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले नेतृत्वको विपक्षी यूपीए गठबन्धनले ८५ स्थानमा अग्रता लिएको छ । अन्य दलहरू १०७ सिटमा अगाडि देखिएका छन् ।

संसारकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा ७ चरणमा सम्पन्न निर्वाचनको आज मत गणना हुँदै छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आज बेलुकासम्म निर्वाचनको परिणाम प्राप्त हुने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी साढे दुई लाख मतल अगाडि छन् । पछिल्लो परिणामा अनुसार मोदीले ३ लाख ६२ हजार ९ सय १६ मत प्राप्त गरेका छन् भने गठबन्धन प्रत्याशी कांग्रेस उम्मेदवार शालिनी यादवले १ लाख १२ हजार ४ सय ७२ मत प्राप्त गरेकी छिन् । मोदीको निर्वाचन क्षेत्रमा यसअघि ६ पल्ट भाजपाले चुनाव जित्दै आएको छ । सन् २०१४ को विधानसभा निर्वाचनमा मोदी पाँच लाख भन्दा वढी भोट ल्याएर विजयी भएका थिए ।  बाराणसीका पाँच विधानसभा क्षेत्रमै भाजपा उम्मेदवारले अग्रता लिएका छन् ।  

निर्वाचनमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भाजपा उम्मेदवार स्मृति इरानीले पछि पारेकि छन् । इरानी १२,००८ मतले अघि छिन् । यो निर्वाचन क्षेत्र कांग्रेसआईको किल्ला हो । जहाँ १६ पटक उसले निर्वाचन जितेको छ । सोनिया गान्धी सन् १९९९ मा राजनीतिमा आएपछि पहिलो पटक यो क्षेत्रलाई आफ्नो कर्मभूमि बनाएकी थिइन् । सन् २००४ बाट यो क्षेत्र राहुलाई छोडियो । केरलमा भने राहुल अगाडि रहेका छन् ।

  सोनिया गान्धी भने प्रत्याशी उम्मेदवार भन्दा अघि छिन् ।

 

 

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला