श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुग्यो, २ सय जना घाइते

श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुग्यो, २ सय जना घाइते

एजेन्सी /श्रीलङ्काको गिर्जाघर र होटलमा भएको शृङ्खलाबद्ध विस्फोटन परेर मृत्यु हुनेको सङ्ख्या सयभन्दा बढी पुगेको छ । शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए । अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको र दुई सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको बीबीसीले जनाएको छ । 

बीबीसी संवाददाताका अनुसार कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।

अहिलेसमम्म आक्रमणको कसैले जिम्मा लिएको छैन। घटनापछि सकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला