भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई धक्का लाग्ने संकेत

  भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई धक्का लाग्ने संकेत

भारतमा आमचुनावको पहिलो चरण आजबाट सुरु हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको पहिलाो चरणको निर्वाचन २० ओटा राज्य र केन्द्र शासित क्षेत्रका ९१ ओटा निर्वाचन क्षेत्रमा हुँदैछ ।

संसद्को तल्लो सदनका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ। मतगणना भने २३ तारिखमा हुनेछ।

९० करोड योग्यमतदाता रहेको यो चुनावलाई अहिलेसम्मै ठूलो चुनावका रूपमा हेरिएको छ।

संसद्को तल्लो सदन लोकसभामा ५ सय ४३ निर्वाचित सिट छ ।  सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिट जित्नु पर्छ।

बीजेपीले अहिलेको जस्तै बहुमत कायम राख्नका लागि अभियानहरू गरिरहेको छ तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट चुनौतीहरूको सामना गरिरहेको छ।

राहुल गान्धीका बुवा, हजुरआमा र जिजुबुवा सबै नै भारतका पूर्वप्रधानमन्त्री थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत ज्यानुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।

चुनावी प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण चुनावका रूपमा हेरेका छन्। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला