ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मार्न अनुमति

  ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मार्न अनुमति

ब्रुनाईमा बुधबारदेखि नयाँ इस्लामिक कानून लागू गरिएको छ । कानुन समलिङ्गी यौन सम्बन्ध राख्नेहरूका लागि निकै घातक छ ।   कानूनले समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मार्न अनुमति दिएको छ ।

यस्तो सजाय दिन कि अभियुक्त स्वयंले यस्तो सम्बन्ध स्वीकार गर्नुपर्नेछ कि प्रत्यक्षदर्शी चार जनाले सो सम्बन्धी बयान दिनुपर्ने व्यवस्था गरेको छ ।

इस्लामिक राष्ट्र ब्रुनाईमा यसअघिको कानुनले पनि समलिङ्गी सम्बन्ध राखेको थाहा पाए १० वर्ष जेल सजाय तोकेको थियो ।

कानुनले बलात्कार, इस्लाम धर्मको निन्दा गर्नेलाई मृत्युदण्डको नयाँ व्यवस्था गरेको छ । चोरी चोरी गर्नेको हात काटनेदेखि अन्य अपराधमा पनि कडा कानूनी कारवाहीको व्यवस्था गरिएको छ । नयाँ कानूनमा भ्रुण हत्या गर्नेलाई सार्वजनिक रुपमा कुटपिट गर्न पाउने व्यवस्था छ ।

चार लाख २० हजार जनसंख्या भएको यो मुलुकमा दुई तिहाई जनता मुस्लिम छन् । यहाँ सन् १९६७ देखि सुल्तान हसनल बोल्कियाले शासन गर्दै आएका छन् । सुल्तान लामो समय शासन गर्ने व्यक्ति हुन् । उनी  ७२ वर्षीयका छन् । र, विश्वकै धनी व्यक्तिमा पनि गनिन्छन् ।

दक्षिणपूर्वी एशियाली मुलुक ब्रुनाईले यस्तो कानून लागू गरेकोमा सर्वत्र आलोचना गरिएको छ । ब्रुनाईले सन् २०१४ मा पहिलोपटक शरिया कानून लागू गर्ने घोषणा गरेको थियो । तर, व्यवहारमा पुरानो कानून पनि मानिदैं आएको थियो । र, समलिङ्गी यौन सम्बन्धजस्ता कुरामा कानून केही खुकुलो थियो ।

बुधबारदेखि नै शरिया नै पूर्ण रुपमा कार्यान्वयनमा आउने भएको छ ।

शरिया कानून साउदी अरबलगायतका खाडी मुलुकमा प्रयोगमा छ । तर, पूर्वी वा दक्षिण पूर्वी एसियामा यस्तो कानून पूर्ण कार्यान्वयनमा ल्याउने ब्रुनाई पहिलो राष्ट्र हो ।

संयुक्तराष्ट्र सङ्घले पनि ब्रुनाईले लागू गरेको शरिया कानुनका व्यवस्थाहरु “क्रुर, अमानवीय र अपमानजनक” रहेको जनाएको छ । ब्रुनाइको कदमलाई अरब राष्ट्रले भने स्वागत गरेका छन् ।

यसरी गरिन्छ समलिङ्गी सेक्स

समलिङ्गी महिला तथा पुरुषहरूविपरीत लिङ्गीहरूभन्दा समलिङ्गी यौनसम्पर्कमा रुचि राख्छन्। स्वभावले नै उनीहरू यौनसम्बन्धप्रति उदार पनि हुन्छन्। गे अर्थात् पुरुष समलिङ्गी पुरुषसँगै र लेस्बियन अर्थात् महिला समलिङ्गी महिलासँग नै यौनआनन्द लिन्छन्। पुरुषहरू मुखमैथुन र गुद्वारमैथुनबाट आनन्द लिन्छन्। उनीहरू एकआपसमा चुम्बन, आलिङ्गन, गुदद्वार मैथुन र यौनाङ्ग खेलाएर आनन्द लिन्छन्। महिला समलिङ्गीहरू भने एकआपसमा चुम्बन, आलिंगन गरेर वा स्तन र योनिमा औंला प्रवेश गर्न लगाएर आनन्द लिन्छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला