न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी आक्रमण ४९ को मृत्यु, २० जना गम्भीर घाइते

    न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी आक्रमण ४९ को मृत्यु, २० जना गम्भीर घाइते

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएका छन्।

भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ुआतङ्ककारी हमलाु मात्रै भन्न सकिने बताइन्।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्। ‘अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,’ प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराइन्।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन् ।

प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् । सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा

भारतीय वैज्ञानिक जो न्युटन र आइनस्टइनको

भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई

ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला