भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि ७ चरणमा मतदान हुने, ९० करोड मतदाता

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि ७ चरणमा मतदान हुने, ९० करोड मतदाता

एजेन्सी – भारतमा ११ अप्रिलदेखि आम चुनाव शुरु हुने भएको छ। भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको चुनावको तालिका अनुसार ११ अप्रिलबाट शुरु हुने मतदान मे १९ मा सकिने र  मे २३ बाट मतगणना शुरु हुनेछ।

भारतको आम चुनावको मतदान सात चरणमा हुने पनि भारतीय चुनाव आयोगले जनाएको छ। पहिलो चरणमा ११ अप्रिल, दोस्रो चरणमा १८ अप्रिल, तेस्रो चरणमा २३ अप्रिल, चौथो चरणमा २८ अप्रिल, पाँचौं चरणमा ६ मे, छैटौं चरणमा १२ मे र सातौं चरणमा १९ मेमा मतदान हुने बताइएको छ।

१७औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मतदाताले मतदान गर्ने आयोगले जनाएको छ। जसमा ८ करोड ३४ लाख नयाँ मतदाता नयाँ हुन्।

१० लाख मतदान केन्द्र हुनेछ र हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल भीभीप्याटको व्यवस्था हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले पत्रकार सम्मेलनमा जानकारी दिए। निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको आयोगले बताएको छ।

यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ। नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला