पाकिस्तानको बालाकोटमा भारतीय सैनिक आक्रमण

           पाकिस्तानको बालाकोटमा भारतीय सैनिक आक्रमण

भारती सेनाले पाकिस्तान आतंकवादी समूह जैश ए मोहम्मदको सबैभन्दा ठूलो ट्रेनिङ क्याम्प रहेको बालाकोट क्षेत्रमा बम खसालेको बताएको छ ।

आतंककारी समूहले फेरि भारतमा आत्मघाती आक्रमण गर्ने सूचना आएकाले सेनाले कारवाही अघि वढाएको भारतीय विदेश सचिव विजय गोखले जानकारी दिएका छन् । भारतीय पक्षले भने घटनामा ३०० आतंकवादी मारिएको दाबी गरेका छन् ।

पाकिस्तानी सेनाले भने आक्रमणबाट कुनै हातहाती नभएको बताएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भनेका छन्‘भारतीय सैनिक विमानले घुसपैठ गर्न खोज्यो,पाकिस्तानी सेनाको प्रतिकार पछि विमान फिर्ता भए ।’ उनले भारतीय कारबाहीबाट कुनैपनि मानविय क्षति नपुगेको पनि स्पष्ट पारेका छन् ।

पाकिस्तानी पक्षले भारतीय सेनाले आफ्नो अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको बताएको छ । अधिकारीहरूले भारतले खसालेको

गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४४ जना भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत  र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए। विपक्षी दल भारतीय कग्रेसका अध्यक्ष राहुल गान्धीले ट्ीवटरमा भनेका छन्‘भारतीय सेनाका पाइलटलाई धन्यवाद’ यता पाकिस्तानी प्रधानमन्त्र इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची त्यसको प्रतिकार गर्ने बताएका छन् ।

पलुवामा आतंकवादी हमालापछि भारत पाकिस्तानसँग निकै चिडिएको छ । भारतीय सञ्चार माध्यमले एमतर्फी सूचना प्रवाह गर्दै आएका छन् । एजेन्सीबाट

प्रतिकृया दिनुहोस

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

पाकिस्तानको बालाकोटमा भारतीय

भारतीय वैज्ञानिक जो न्युटन र आइन्स्टाइनलाई

उत्तर कोरियाली नेता किम जोङ चीनमा

गर्भवतीले आत्महत्या गर्दा बच्चा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला