अनुप जलोटाकी प्रेम कहानी

                      अनुप जलोटाकी प्रेम कहानी

प्रेम र प्रेम कहानीबारे जति व्याख्या गरे पनि अपूरै हुन्छ । समाजमा प्रेमको यति गहिरो अर्थ र भाव छ, त्यो वास्ताविक प्रेम–प्रेमीले मात्र बुझ्छन भनिन्छ । प्रेमको विषयमा थुप्रै उपन्यास लेखिएका छन्, फिल्म बनाइएका छन् र विश्व प्रसिद्ध कविता लेखिएका छन् । ती सिर्जनाका पात्रहरू त्यस्तै छन् जसको यहाँ चर्चा गर्न लागिएको छ । सन्दर्भ नामी भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रमिका जसलीन मथारुको हो ।

भारती हिन्दु धर्म निर्देशित समाजमा जलोटाले ३७ वर्ष कान्छी कन्यासँगको सम्बन्ध विवाहमा परिणत गरेपछि सबैतिर उनको चर्चा चुलिएको छ । भारतमा जाति र धर्मको विभेद अहिले पनि उत्तिकै छ । विवाहमा धर्म, जात र आर्थिक स्तर नमिल्दा प्रेमप्रेमीले निकै दुःख खेप्नुपर्छ । अहिले एक समूहले त्यही मजाक अनुप जलोटाको उडाउन थालेका छन् । भनिँदैछ, जलोटा र मथारुको उमेर ३७ वर्ष फरक छ । प्रेमिका छोरीको उमेरकी छिन् ।

कहानी उल्टो हुँदो हो त ?

के हुन्थ्यो ? यदि ६५ वर्षीय कुनै भजन गाउने अनि प्रवचन दिँदै हिँड्ने नारीले २८ वर्षीय कुनै सुन्दर, बलियो युवकको हात समातेको भए ? केही महिना अघिको कुरो हो, प्रियंका चोपडाको पनि मजाक उडाईयो किनभने उनले आपूmभन्दा १० वर्ष कान्छो केटा निक जोनाससँग मगनी गरिन् । तपाईँ कुनै पनि अखबार पल्टाउनुस्, विवाहको विज्ञापन हेर्नुस्, यदि केटा २८ वर्षको छ भने उसलाई २१ देखि २८ को बीचकी केटी चाहियो । यदि केटो ३८ सालको छ भने उसलाई २५ देखि ३५ को बिचकी केटी चाहियो ।

तर, कुनै यस्तो विज्ञापन देखा पर्दैन जहाँ ६० वर्ष पुगेको पुरुषले विवाहको लागि ५५ देखि ७० वर्ष उमेरको महिला खोजेको होस् । खोजी गर्नु त दुरको कुरा, यस विषयमा कल्पना समेत गर्न चाहँदैनन् । फिल्म कहानीमा पनि ५० वर्ष उमेरको अभिनेतासँग २३–२४ वर्षकी तरुनी अभिनेत्री प्रेमी हुन्छे । र, यसलाई सबैले स्वभाविक रुपमा लिएका हुन्छन् । तर, अभिनेत्री ४० वर्ष उमेर पुगेकी छे भने प्रेम कहानी सकियो । विवाहको मामिलामा १० वर्षको फरकलाई सामान्य रुपमा लिईन्छ । बुढापाकाहरु पनि भन्छन्–महिला पुरुषमा १० वर्षको अन्तर ठिक छ । ठिक यसकारण मान्छन् कि पुरुष राम्रोसँग आम्दानी गर्न सक्नेछ ।

केटी जति सोझी र परतन्त्री छे, त्यति नै सजिलै पति र परिवारको नियन्त्रणमा रहनेछे भन्ने मान्यताबाट निर्दिष्ट भएको देखिन्छ ।   तर, केटाको उमेर केटी भन्दा १० साल कम छ भने यही फरक पनि धेरै भयानक देखिन थाल्छ । पत्नी या प्रेमीका अनुभवी छे, सही र गलतको समझ राख्छे, आफैँ पैसा कमाउँछे, उसलाई पतिको पैसा र उसको दुनियादारी आवश्यक छैन भने कसैलाई पनि यो मञ्जुर हुँदैन ।  

 

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला