‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको नजरमा विश्वका उत्कृष्ट ८ स्थान

 ‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको नजरमा विश्वका उत्कृष्ट ८ स्थान

मानिस चेतनशील प्राणी हो । मानव मष्तिष्कको चेतनाले उसलाई संसारको एक स्थानमा अडिएर बसीखान दिँदैन । त्यसैले मान्छे आ–आफ्नो लक्ष्य लिएर यात्रामा निस्कने गर्छन् । हरेक यात्रीको गन्तव्य र लक्ष्य फरक–फरक हुन्छ । र, उसले त्यो प्राप्त गरेपछि आनन्द महसुस गर्छ । तर, संसारका ९० भन्दा बढी देशको भ्रमण गरेका ‘एक्ला यात्री’ चन्द्रदीप राईको भने न गन्तव्य टुंगिएको छ,  न त यात्रा गर्ने जोस नै घटेको छ । भन्छन्,‘ज्ञान र यात्रा उस्तै लाग्छ, जति धेरै यात्रा गर्यो त्यति बढी घुम्नु पर्ने ।’

४९ वर्षीय चन्द्रदीपले विश्व यात्रामा एक जुग समय खर्चेका छन् । ‘बुद्ध वाज वर्न इन नेपाल’ अर्थात गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश लिएर सन् २००६ मा विश्व यात्रामा निस्केका राई अब उत्तरी धुव्रको फन्को मार्ने तयारीमा छन् । उनी भन्छन्,‘   ग्रीनल्याण्ड  जाने तयारीमा छु ।’ ‘ग्रीनल्याण्ड निकै चिसो ठाउँ हो । तापक्रम माईनस ४० डिग्री हुन्छ । आजसम्म नेपालीहरू ग्रीनल्याण्ड पुगेका छैनन् भन्ने सुनेको छु त्यहाँ वुद्ध नेपालमा जन्मेका हुने भन्ने सन्देश दिनुछ,’ उनी भन्छन् ।

बाक्सिला–९, खोटाङका राईलाई विश्व यात्रा गर्ने प्रेरणा कहाँबाट मिल्यो त भन्ने अमरवाणीको प्रश्नमा उनी फिस्स हाँसे र चस्मा निकाल्दै आफ्नो १२ वर्षे विगत कोट्याउन लागे, ‘सन् २००६ मा म थाईल्याण्ड, मलेसिया र सिंगापुर घुम्न निस्केको थिएँ । थाईल्याण्ड बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको देश मध्ये एक हो । त्यहाँ बुद्धका ठूलाठूला मुर्ति र गुम्बाहरू छन् । उनले त्यहाँ थाई नागरिकको मुखबाट बुद्ध भारतमा जन्मेका हुन भन्ने सुनेँ ।’ हकी स्वभावका राईले प्रतिवाद गरे, ‘बुद्ध भारतमा होईन, नेपालमा जन्मेका हुन् ।’

त्यहाँबाट उनी मलेसिया तर्फ लागे । मलेसियाको जेन्टिङ आईल्याण्डमा एउटा बौद्ध स्तुपा छ । त्यहाँ बुद्ध भारतमा जन्मेका हुन् भनेर लेखिएको रहेछ । ‘म त झन अचम्म भए,’ उनी भन्छन्,‘गाईडलाई सम्झाएँ बुद्ध नेपालमा जन्मेका हुन्, भारतमा होइनन् ।’

उनी सिंगापुर पुगेँ । त्यहाँका मानिसमा पनि भ्रम त्यही रहेछ । मानिसहरू जम्मा हुने सार्वजनिक स्थलमा बुद्ध भारतमै जन्मेको भन्दा रहेछन् । सिंगापुरको भ्रमण सकेर नेपाल फर्किएपछि उनले गहन चिन्तन गरेँ । बुद्ध जन्मस्थलबारे किन यति ठूलो भ्रम फैलाइएको छ ? यसलाई एक्लै भएपनि चिर्नुपर्छ भनेर विश्व यात्रामा हिँडेको राईको भनाइ छ ।

निजी खर्चमा उनले बुद्ध वाज बर्न इन नेपाल भन्दै ९० भन्दा वढी देशमा आफ्नो सन्देश फैलाएपनि राज्यले उनलाई चिनेको छैन । उनी भन्छन,‘सरकारले केही गरिदेला भन्ने आश छैन ।’    

सुरूमा ‘बुद्ध वाज बर्न ईन नेपाल’ लेखिएका ५५ थान टि–सर्टबाट यात्रा थालेका राईले १०० भन्दा वढी देशको भ्रमण गर्ने योजना सुनाएँ ।    ती ५५ थान टि–सर्ट बोकेर उनी श्रीलंका, लाओस्, भियतनाम, कम्बोडिया, फिलिपिन्स, माल्दिभ्स, इन्डोनेसिया आदि मुलुक पुगे । यी सबै मुलुकका म्युजियममा कार्यरत कर्मचारीलाई उनले ‘बुद्ध वाज बर्न ईन नेपाल’ लेखिएका टि–सर्ट बाँडे ।

  ०००      ०००

बुद्धबारे यस्तो सन्देश संसारभर फैलाउने आफ्नो अभियानमा सरकारी साथ पाउने अपेक्षा राखेर उनी टि–सर्ट बाँडेर फर्किएपछि उनी पर्यटन विभाग गए । उनी विभागका निर्देशकलाई आप्mनो योजनाबारे सुनाउन चाहन्थे । तर, दिनभर कुर्दा पनि उनले विभागका निर्देशकलाई भेट्न पाएनन् । ‘त्यसपछि सरकारसँग हातथप्न गइन्’,उनी भन्छन् । उनको यात्राका तीतामिठा संस्मरण छन् । तर, यो आलेखमा उनले भ्रमण गरेका विश्वका ८ चर्चित पर्यटकीय स्थलबारे वर्णन गरिएको छ ।

जापानको हिरोसीमा :

हिरोसीमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एउटा उदाहरण हो । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । ‘लिटिल ब्वाय’ नामको बम दोस्रो विश्वयुद्धको सबैभन्दा क्रुर हमला थियो ।

यस हमलाका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार निर्दोष जापानी नागरिकको ज्यान गएको थियो ।

त्यो आक्रमणको करिब ७० वर्षपछि अमेरिकी राष्ट्रपति ओबामाले जापानको भ्रमण गरेका थिए ।

हिरोसिमा काठमाडौँ भन्दा ठूलो उपत्यका हो । अणु बम प्रहार भएपछि त्यहाँ रहेको सबैथोक नष्ट भयो । वरपरका बासिन्दा पनि शारीरिक रुपले अपाङ्ग भए । बमको असरले अन्धा र अपाङ्ग भएका मानिसहरू अहिले पनि भेटिन्छन । त्यसबेला, अणु बमको तापले कुच्चिएका कोकाकोलाका बोतलहरू अहिले पनि संरक्षित छन । जापान भ्रमणका अवसरमा ओबामाले जापानलाई सहयोगको याचना गरेका थिए । त्यसक्रममा जापानीहरूले अब निहत्था नागरिकलाई बम हानेर मार्न पाईने छैन भनेर जवाफ दिए ।

सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको थियो ।

चीन–ग्रेटवाल

संसारको सबैभन्दा ठूलो र लामो पर्खाल हो यो । चन्द्रमाबाट पनि देखिन्छ । तलबाट माथि उक्लिन थालेपछि बीचबीचमा चारतर्फ ढोका भएका किल्लाहरू रहेका छन् । ग्रेटवाल हेर्न संसारका लाखौं मानिस चीन पुग्छन् । यो विश्वसम्पदा सूचीमा पर्दछ । त्यहाँ पुग्ने पर्यटकले ठाउँ–ठाउँका ढुङ्गामा आप्mनो र आप्mनो देशको नाम लेख्दा रहेछन् । मैले पनि मेरो र मेरो देशको नाम लेखेँ । अब फेरि म त्यहाँ गएँ भने नेपालको झण्डाको नक्सा राख्ने विचारमा छु ।  

चीन–मीङ राजाको दरबार

यो चानचुन पाँच किलोमिटर लम्बाई र तीन किलोमिटर चौडाईमा रहेको छ । मीङ राजाको कथा ‘द क्रिकेट’ त्रिवि स्नातक तह प्रथम वर्षको अनिवार्य अंग्रेजीमा समावेश गरिएका छ ।

मिङ पाँच हजार वर्ष अगाडि चीनका राजा थिए । मीङ राजाकै दरबार नजिक समर प्यालेस रहेको छ । यहाँ १२ महिना पानी परिरहेको हुन्छ । यसले संसारका पर्यटकको ध्यान खिचेको छ । चीनको भ्रमण गर्ने पर्यटक अधिकांशले दरबारको अवलोकन गर्छन नै ।  

अजरबैजान

अजरबैजान पहिला सोभियत संघमै थियो । सन् १९८९ मा सोभियत संघ टुक्रिएपछि यसले छुट्टै मुलुकको अस्तित्व पाएको छ । यो विश्वकै सुन्दर मध्ये एक हो । यहाँ ग्याँस र तेलको भण्डार छ । समुद्रमा तेल तैरिरहेको देख्न सकिन्छ ।

पहिले–पहिले प्रविधि अभावमा मानिसहरू समुद्री सतहमा तैरिरहेको तेललाई भाँडाले उठाउँदै चलाउने गर्थे । अहिले प्रविधिको विकास भएपछि तेल र पानी छुट्याउने मेसिन प्रयोग गरिन्छ । मेसिनले नै तेललाई ड्रममा भर्ने काम गर्दछ । यहाँ एउटा बर्निङ माउन्टेन छ । जहाँ ५ हजार वर्षदेखि आगो बलिरहेको छ भन्ने किम्वदन्ती छ । यस डाँडामा प्राकृतिक ग्याँसको स्रोत छ । यसरी बलीरहेको आगो पानी खन्याएर पनि निभ्दैन ।

ग्रीस

ग्रीसलाई मानव सभ्यताको केन्द्र मानिन्छ । अहिले पनि त्यहाँ मानव सभ्यता विकास हुनु अघि मानिसहरू बसेका गुफा संरक्षित गरेर राखिएको छ । यस क्षेत्रलाई ‘डल्फिन हाउस’ भनिन्छ । ती गुफाहरूमा घरमा झैँ भ¥याङ र कोठाहरुको व्यवस्था छ । अनि चर्पी र पानीका ईनार पनि छन् । ढुङ्गाका बाकस पनि छन् ।

ढुङ्गे युगमा प्रयोग गरिएका हतियार पनि देख्न सकिन्छ । यहाँ विश्वकै पहिलो रंगशाला पनि छ । ग्रीसलाई ओलम्पिक सुरू भएको मुलुकको रुपमा पनि चिनिन्छ । कुनै समयको वैभवशाली मुलुक ग्रीस अहिले विभिन्न समस्यामा अल्झिएको छ ।

 इजिप्टको कायरो

कायरोलाई जमिनमुनी बसेको शहर हो । गर्मी धेरै हुन्छ । जीवनशैली अफ्रिकनको जस्तै छ । यहाँ थुप्रै पीरामिड छन् । यहाँ विभिन्न अफ्रिकन जातिहरूको बसोबास छ । अहिले पनि उनीहरूको आ–आफ्नै सँस्कृति देख्न पाईन्छ ।

फ्रान्सको पेरिस

फ्रान्सको पेरिसमा द्वन्द्वग्रस्त क्षेत्रबाट आएका शरणार्थी धेरै पाईन्छन् । फ्रान्समा अफ्रिकन शरणार्थीको भीड नै छ । आईफिल टावर घुम्न जानेको भीड नै रहन्छ । घुम्न जाँदा आप्mनो सामानको सुरक्षा आफैँ गर्नुपर्छ किनभने अफ्रिकन चोर लाग्छन् । अफ्रिका र सिरियाका जवान केटीहरू सडकमा भीख मागीरहेका देखिन्छन् ।

सिरियन केटीहरू पर्यटकको नजिक ‘सलाम वालेकुम’ भन्दै फुल लिएर आउँछन् । फुल थामेपछि पैसा माग्छन् । पैसा दिएपछि, थ्याङ्क्यु भन्दै त्यो फुल फिर्ता लिन्छन् र अर्काे मान्छेलाई त्यहि फुल दिएर पैसा माग्छन् ।

फ्रान्स सरकारले यी शरणार्थीहरूलाई ३ सय ६९ युरो भत्ता उपलब्ध गराउने गरेको छ । यसमा १८ युरो यातायात शुल्क काटिन्छ । बाँकी रहेको रकम पनि एकैपटक झिक्न पाईँदैन । चार पटक गरेर झिक्नुपर्छ ।

स्वीट्जरल्याण्ड

संसारकै सुन्दर मुलुक स्वीट्जरल्याण्डबारे सबैलाई थाहा छ । प्राकृतिक सुन्दरताको खानी नै हो यो मुलुक । सफा सडक लोभ लाग्दा सुरुङमार्ग बनेका छन । सबैतिर हिमालै हिमालले ढाकिएको छ । त्यहाँको खेतीपाती भनेको घाँस खेती हो । घाँस उत्पादन गरेर बेच्छन् मानिसहरू ।

लामो भएको घाँस मेसिनले काटेर पुलापुला बनाएर राख्छन् । गाईपालन गरेको कृषकहरू त्यो घाँस किनेर लैजान्छन् । पर्वतारोहणको लागि हरेक चुचुरोमा घिर्लिङ पु¥याई दिएको छ । ठाउँ ठाउँमा अक्सिजनको पनि व्यवस्था गरिदिएको छ । स्वीट्जरल्याण्ड विश्वका धनी मुलुकहरूमा पर्छ । जीवनमा एकपटक घुम्नै पर्ने मुलुकहरूको सूचीमा जापान, चीनको ग्रेटवाल र स्वीट्जरल्याण्ड पर्छन् ।

प्रस्तुती : अभिसेक जोशी 

 

 

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला