अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

    अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

काठमाडौं । भारतीय सर्वोच्च अदालले समलिंगी यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ । अदालतले दुई वयस्क व्यक्तिको सहमतिमा हुने यौनसम्बन्ध वैधानिक ठहर गरेको हो ।

भारतमा यसअघि समलिंगी यौनसम्बन्धलाई अप्राकृतिक कसुर मान्ने कानुनी प्रावधान थियो । अदालतले त्यसलाई अन्त्य गर्दै यदि सहमतिमा यौनसम्बन्ध भए त्यो वैधानिक हुने ठहर गरिएको छ । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश दिपक मिश्रासहित ३ जना न्यायधीसको संयुक्त इजलासले यस्तो निर्णय गरेपछि सबै समलिंगीले यसको स्वागत गरेका छन् । रिट दायर कर्ता आईआईटी मुम्बई कि कृष्णाले भनिन्,‘आजको दिन म जीवनमा अत्यन्तै खुसी लाग्यो,अब हामी निर्धक्कसँग बाच्न सक्छौं ।’  

समलिंगी यौनलाई ‘अप्राकृतिक कसुर’ मान्ने ‘सेक्शन ३७७’ को पुरानो कानुनी प्रावधानलाई सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेको हो।

यसअघि सन् २०१३ मा त्यहाँको सर्वोच्च अदालतले पुरानो कानुनलाई निरन्तरता दिएपछि समलिंगी यौनसम्बन्धले वैधानिकता पाउन सकेको थिएन । यो विषयमा न्यायाधीशहरुले पुनरावलोकन गरेका हुन्।

भारतका समलिंगी लामो समयदेखि उक्त कानुनविरुद्ध सक्रिय थिए । सबै समलिंगीले यो फैसलासँगै अब आम मानिसको सोच र व्यवहार परिवर्तन हुने अपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला