भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री मोदीको नयाँ कार्यक्रम ‘आयुषमान भारत’ घोषणा

भारतको ७१ औं स्वतन्त्रता दिवसः  प्रधानमन्त्री मोदीको नयाँ कार्यक्रम ‘आयुषमान भारत’ घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय झन्डा (तिरङ्गा) फहराएका छन् । सो अवसरमा मोदीले ८२ मिनेट लामो सम्बोधन गर्दै आफ्नो कार्यकालको समीक्षा  गरे  ।

आफूले सरकारको नेतृत्व गरेको चार वर्षको अवधिमा स्वच्छ भारत अभियान, मुद्रा लोन, जिएसटी लगायतका योजना अघि सारेको र त्यसमा उल्लेख्य सुधार आएको बताए । उनले आप्mना आगामी रणनीति स्वास्थ्य अभियान रहेको पनि बताए । ‘आयुषमान भारत’ नाम दिईएको यस अभियानले १० करोड परिवारलाई समेट्ने तथा हरेक वर्ष प्रति परिवार ५ लाख बराबरको स्वास्थ्य सुविधा दिइने घोषणा उनले गरेका छन् । यो योजना यसै वर्ष सेप्टेम्बर ५ बाट कार्यान्वयन हुँदैछ । कश्मीर समस्याको समाधान गाली र गोली नभएको भन्दै प्रधानमन्त्री मोदीले भने,‘ हामी अँगालो हालेर अगाडी बढ्न चाहन्छौँ ।’

यसका साथै, सन् २०२२ सम्ममा भारतले मानवसहितको यान अन्तरिक्षमा पठाउने तयारी भईरहेको पनि उद्घोष गरे । तर, भारतीय मिडिया र विपक्षी कंग्रेस आइले मोदीका सबै योजना मौखिक मात्र भएको भन्दै आलोचना गरेका छन् ।

कांग्रेस आइका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले मीडियाकर्मीहरुसँग भनेका छन्, ‘प्रधानमन्त्रीले देशका किसान, भ्रष्टाचार, गिर्दाे अर्थ व्यवस्था, बढ्दो रोजगार समस्या तथा घृणाको माहौलबारे साँचो साँचो बोलिदिए राम्रो हुन्थ्यो ।’  

मोदीले  ५ औं पटक झण्डा फहराए

मोदीले बुधबार लालकिल्लामा ५ औँ पटक राष्ट्रिय झण्डा फहराएका छन् । यो सँगै लालकिल्लामा धेरै पटक झण्डा फहराउने प्रधानमन्त्रीको सूचीमा मोदी दर्ज भएका छन् ।  मुगल शासन कालमा निर्माण भएको लालकिल्लामा धेरै पटक झण्डा फहराउने प्रधानमन्त्रीको सूचीमा उनी छैटौँ नम्बरमा परेका छन् । सबैभन्दा धेरैपटक प्रधानमन्त्री जवाहरलाल नेहरुले स्वतन्त्रता दिवसको उपलक्ष्यमा १७ चोटी लाल किल्लामा राष्ट्रिय झण्डा फहराएका थिए ।

गैर काङ्ग्रेस प्रधानमन्त्रीको रुपमा अटल विहारी वाजपेयीले लाल किल्लाबाट ६ पटक स्वतन्त्रता दिवसको उपलक्ष्यमा झण्डा फहराएका थिए । उनीपछि नरेन्द्र मोदीले पाँच पटक फहराएका छन् । स्वतन्त्रता पछिको लामो समय काङ्ग्रेसले नै भारतमा सरकार चलाएको छ । स्वतन्त्र भारतको ईतिहासमा दुई तिहाई बहुमत बोकेर गैर काङ्ग्रेस सरकार बनेको चाहिँ नरेन्द्र मोदीको नेतृत्व नै पहिलो हो । एजेन्सी

 

प्रतिकृया दिनुहोस

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला