वाउ ! सूर्य छुने रकेट उड्यो

    वाउ ! सूर्य छुने रकेट उड्यो

एजेन्सी। अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)ले सूर्यको नजिकसम्म पुग्ने यान पठाएको छ । आइतबार बिहान ३ बजेर ३१ मिनेटजाँदा नासाले ‘पर्कर सोलार प्रोब रकेट’ त्यसतर्फ पठाएको बिबिसीले बताएको छ ।   एक अर्ब ५० करोड अमेरिकी डलरबराबरको रकेट सूर्यको बाहिरी कोरोनासम्म पुग्ने अनुमान गरिएको छ ।

यो रकेट सूर्यको निकै नजिक पुग्दा पनि चिसो रहने बताइन्छ । साथै सूर्यको विषयमा व्यापक अध्ययनका लागि यसले त्यहाँको विवरणहरु नासालाई पठाउने छ।

नासाका वैज्ञानिकहरुले यो रकेट उडेसँगै नयाँ उत्साह थपिएको बताएका छन्। अहिलेसम्म सूर्यको यति नजिकसम्मको लागि कुनै पनि योजना नआएको खण्डमा नासाले महत्वाकांक्षी योजना ल्याएको हो। यो रकेट सात वर्षमा आफ्नो गन्तव्यमा पुग्ने बताइएको छ। जतिबेलासम्म उसले सूर्यलाई २४ पटक परिक्रमा गरेको हुनेछ ।

सन १९५८ मा सोलार वाइण्डको व्यख्या गर्ने क्रममा अन्तरिक्ष वैज्ञानिक इयुगेन पर्करले यसको बारेमा उल्लेख गरेका थिए । हाल उनी ९० वर्षका भएका छन् । नासाले प्रक्षेपण गरेको यस यानका बारेमा बैज्ञानिक पार्कले भने, ‘वाउ  हामी गयौँ, अब केही वर्षसम्म हामीले सूर्यको वारेमा अध्ययन गर्न पाउने छौँ ।’’

नासाको रकेट उडान हेर्न हजारौं मानिसहरु उपस्थित भएका थिए । पृथ्वीदेखि सूर्यको बीचको दूरी करिब १५ करोड किलोमिटरबराबरको रहेको छ। अहिले नासाले पठाएको रकेट यो दूरीको ४ प्रतिशतभन्दा कम दूरीमा सूर्यको नजिक जाने अनुमान नासाको छ ।  

प्रतिकृया दिनुहोस

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

‘भारतका महान छोरा’ पूर्व प्रधानमन्त्री

भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री

वाउ ! सूर्य छुने रकेट उड्यो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला