न्युटनको चाल सम्बन्धी तेस्रो नियम त्रुटीपूर्ण छ ?

काठमाडौँ । नेपाली युवा वैज्ञानिक राजकुमार थापाले न्युटनको चालसम्बन्धी तेस्रो नियममा त्रुटि रहेको विषयलाई अन्तर्राष्ट्रिय जगतले मान्यता दिँदा समेत नेपाल सरकारबाट सहयोग नपाएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । करिब दुई वर्ष अघि रिपोर्टर्स क्लबमै पत्रकार सम्मेलन गरेर उनले न्यूटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण रहेको दाबी गरेका थिए । 

‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’ उनको यस सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्वारा हालै आयोजित एगचभ बलम ब्उउष्भिम एजथकष्अक द्दण्ज्ञड नामक सम्मेलनले स्वीकार गरेको थापाको दाबी छ । 

आप्mनो सिध्दान्तले नेपाललाई विश्वसामु चिनाउन मदत गरेको दाबी गर्दै युवा वैज्ञानिक थापाले भने, ‘मेरो यस अभियानलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकारबाट सहयोग पाउन सकेको छैन । मेरो यो गुनासो शिक्षा मन्त्रीसमक्ष पनि पुगेको छ ।’

साथै, आफुले प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त विकास गर्न खाजेको पनि उनले बताए । यसको निम्ति उनले सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला