‘नक्कली’ बन्ने होडबाजी

‘नक्कली’ बन्ने होडबाजी

 मानिसको शाररिक बनोट, अनुहार, रुप/रङ्ग फरक–फरक हुनु प्रकृतिको देन हो । संसारमा एकअर्कासँग अनुहार मिल्नु संयोग मात्र हो । तर,आधुनिक विज्ञानको ‘कृतिम सुन्दरता’ चमत्कार मानिने प्लाष्टिक सर्जरीले तपाईँ जस्तो बन्न चाहनुहुन्छ त्यस्तै बनाइदिन्छ ।  यसका लागि सेलिब्रेटी र फिल्म नगरीका कलाकारले त करोडौं करोड खर्चन्छन् नै तिनका फ्यानहरू पनि पैसा बगाउन रत्तिभर चिन्ता गर्दैनन् ।

टोरन्टो क्यानडाकी २४ वर्षे मेरी मग्दिलिनीले तीन चोटी स्तनको, १५ चोटी भन्दा बढी ओठको प्लाष्टिक सर्जरी गरिसकेकी छिन् । त्यतिमात्र होइन नितम्बको समेत सर्जरी गरेर उनले आकार बढाएकी छिन् । सर्जरीपछि स्तनको आकार ३८ इन्च पुगेको छ । उनी स्तन आकर्षक र ठूलो भएकोमा खुसी छिन् । त्यसैले त उनले ओठ सर्जरी गरेर हलिउडकी चर्चित अभिनेत्री एन्जेलिन जोलीको जस्तो बनाईन् । 

उनी सर्जरी अघि र पछिका तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट्याइ रहेकी छिन् । उनी भन्छिन्, ‘अरु अंगको पनि सर्जरी गर्ने योजना छ ।’ उनले २० वर्षको उमेरदेखि सर्जरी गर्न सुरू गरेकी थिईन् र अहिलेसम्म लगभग १ लाख ५० हजार अमेरिकन डलर खर्च गरिसकेकी छिन् । उनी भन्छिन्, उनका वेलायती पिता, जो ईसाई मिसनरी पनि हुन्, उनका यस्ता निर्णयमा सहमति दिँदैनन् ।  ‘

तर मलाई थाहा छ, म चौँध वर्ष उमेरदेखि नै प्लाष्टिक सर्जरी गर्न चाहन्थेँ । मैले सोचेको थिईनँ, यति धेरै सर्जरी गर्ने छु तर यो मेरो रुची हो । सर्जरी अघि मैले आफुलाई असुरक्षित महसुस गर्ने गरेका दिनहरू पनि थिए । मलाई लाग्छ, पैला पनि म कुरुप त थिईन तर एकदमै साधारण थिए । मैले आप्नो लुक बदलेँ र अहिले मेरो पेशाका लागि यो एकदम ठिक छ ।

म ढुक्कसँग भन्न सक्छु, मेरो पेशा डान्सर नभएको भए साधारण नै देखिन्थेँ होला ।’ ‘म अरु झैँ साधारण देखिन चाहँदिन । मलाई टाटु र सर्जरी एकदमै मनपर्छ । ठूलो, राम्रो ।’ तीन पटक स्तन रोपेकी मेरीले नाकको पनि तीन पटक सर्जरी गरिसकेकी छिन् । अपरिचितहरू उनको शाररिक बनावट देखेर छक्क पर्छन् । मेरी भन्छिन्,‘म सामान किन्न एउटा पसलमा गएकी थिएँ । त्यहाँ एक जना सानी केटी दौड्दै बाहिर गईन् र मेरो भाइसँगै बेञ्चमा बसीरहेकी महिलासँग भनिन्, आमा त्यो केटीको ओठ हेर्नु त । माछाको जस्तो छ ।

सर्जरीले मलाई श्वास फेर्न समस्या भएको छ तर म ठिक छु । म सोच्छु, हामीले हाम्रो जीवन आफैँ बाँच्नुपर्छ । जे गरेर आफुलाई खुसी मिल्छ, गर्नुपर्छ । तर, अति गर्नुहुन्न । यसले हाम्रो भविष्यमा कस्तो असर पर्नेछ भन्ने पनि सोच्नुपर्छ ।’ डेलीमेल अनलाइन/अभिशेक 

प्रतिकृया दिनुहोस

भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री

वाउ ! सूर्य छुने रकेट उड्यो

न्युटनको चाल सम्बन्धी तेस्रो नियम

‘नक्कली’ बन्ने होडबाजी

कथा कुरान प्रेमी हिन्दु परिवारको 

एटीएममा पसेर मुसाले काटे लाखौं रुपैयाँ 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि