कथा कुरान प्रेमी हिन्दु परिवारको 

कथा कुरान प्रेमी हिन्दु परिवारको 

धार्मिक आस्था र विश्वास

भारतको जम्मुमा एउटा अवरोल हिन्दु परिवार छ । यो परिवारसँग करिब ५ हजार हस्तलिखित पाण्डुलिपी तथा ढाई सय क्यालीग्राफी छन् । अब यी सामग्रीको उत्तराधिकारी हुन् सुरेश । उनका हजुरबुवा आप्mना पितासँगै डोगरावंशका अन्तिम राजा हरिसिंहको दरबारमा जाने गर्दथे ।

राजा हरिसिंहले सन् १९५२ सम्म जम्मु र कश्मीरमा २७ वर्ष शासन गरे । यसपछि भारत, पाकिस्तान र चीनको रणनीति स्वार्थमुनी स्वतन्त्र कश्मीर विलय भएको थियो ।  अवरोल परिवारको खान्दानी पेशा आभूषणको व्यापार रहेको छ । उनका हजुरबुवा लाला रखी राम अवरोल राजा हरिसिंहका गरगहनाहरुको रेखदेख गर्दथे । त्यहिँबाट उनले बिस्तारै–बिस्तारै पाण्डुलिपी, क्यालीग्राफी, सुन तथा चाँदीका सिक्का संकलन कार्य थालनी गरे । सुरेश अबरोलसँग रहेका पाण्डुलिपीहरू अरबी, संस्कृत, फारसी लगायत भाषामा लेखिएका छन् । यी मध्ये केही पाण्डुलिपी आयुर्वेदका पनि छन् । श्रीनगरमा हालै उनका यी ऐतिहासिक  संकलन प्रदर्शनीमा राखिएका थिए । हस्तलिखित कुरानका दुईप्रति प्रदर्शनीको मुख्य आकर्षण थिए ।

एउटा कुरानको लम्बाई पाँच फुट र चौडाई एक फुट रहेको छ । अर्काे खद्दरको कपडामा लेखिएको छ । यसको चौडाई साढे पाँच फिट र लम्बाई साढे चार फिट रहेको छ । यी दुबै हस्तलिखित हुन् तर अक्षर एकदमै मसिना छन् । नाङ्गो आँखाले पढ्नै नसकिने । दुबै कुरान पढ्न पावरदार  लेन्स चाहिन्छ । सुरेश भन्छन्, ‘दुईटै प्रतिमा कुरानका सबै पाठहरु जस्ताको तस्तै उतारिएका छन् ।’

अबरोल परिवारले कुरानका यी प्रति करिब ९० वर्षदेखि जतन गरेर राखेको छ । तर, यी हस्तलिखित प्रति कति वर्ष पुराना हुन् भन्ने एकीन छैन उनीहरुलाई । सुरेश भन्छन्, ‘बितेका ३०–३५ वर्षदेखि मानिसहरू मलाई यस विषयमा सोधिरहेका छन् तर, ती कति वर्ष पुराना हुन् भन्ने मैले बुभ्mने चेष्टा गरिन ।’  यति मसिनो अक्षरमा कसले यी कुरान लेख्यो होला ? यो अर्को रहस्य छ । दुबै किर्तिमा लेखकको नाम उल्लेख छैन । ‘पुराना मान्छे यस्ता कुरामा खासै चासो राख्दैन्थे, उनीहरूलाई गुमनाम जिन्दगी नै प्यारो । आप्mनै दुनियाँमा मगन रहन्थे । त्यहि भएर, यी प्रतिहरूमा लेखकको नाम उल्लेख नभएको हुनसक्छ,’–सुरेश भन्छन् ।   

सुनको शजर–ए–नसब

प्रदर्शनीमा सुरेशले करिब चालिस ओटा क्यालीग्राफ राखेका थिए । साथमा, शजर–ए–नसब पनि थियो । शजर–ए–नजब भनेको ईस्लाम धर्ममा अवतरण भएका सबै सन्देष्टाहरुको सूची हो । कुरान अनुसार पहिलो सन्देष्टा आदम थिए भने अन्तिम सन्देष्टा हजरत महम्मद । प्रदर्शनीमा राखिएको यो शजर–ए–नसब सुनको थियो । अनि, ती चालीस क्यालीग्राफ जो प्रदर्शनीमा राखिएका थिए, वेल्लममा लेखिएका थिए । वेल्लम बाख्रा वा उँटको छालाबाट तयार पारिन्छ । 

‘पवित्र धार्मिक हस्तलेख’ 

अवरोल भन्छन्, ‘जसरी हाम्रो धर्मका हस्तलेखहरु हाम्रा लागि पवित्र छन्, त्यसैगरी अन्य धर्मका हस्तलेख पनि हाम्रा लागि पवित्र छन् । जब हामी पूजापाठ गरेर फर्किन्छौँ, त्यसपछि हामी विशेष गरेर मेरी श्रीमति सबै हस्तलेख अगाडि अगरबत्ती बाल्छिन् ।’ अवरोलका भाईहरूले घरको एउटा हिस्सालाई म्युजियम बनाएका छन् । त्यहिँ यी सबै सामग्रीहरु राखिएका छन् । उनीहरुसँग सिख धर्मको गुरूवाणीका साखीहरु पनि छन् । यसबाट गुरू नानक देव कहाँ कहाँ गएका थिए, कस–कसलाई भेटेका थिए र कस्ता प्रवचन दिएका थिए भन्ने थाहा पाउन सकिन्छ । उनी भन्छन्, ‘हामीले विरासतमा पाएको यहि नै हो ।’ 

प्रदर्शनीमा मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । सुरेश भन्छन्, ‘प्रदर्शनीमा आएका सबै मानिसहरूले मेरो प्रशंसा गरे । मलाई माया दिए ।’ श्रीनगरको टुरिष्ट रिसेप्सन सेन्टरमा जम्मु र कश्मीर सरकारको अर्काइभ र म्युजियम विभागले यो प्रदर्शनी राखेको थियो । कुरानका यी हस्तलिखित अनौँठाप्रति घर बाहिर प्रदर्शनीमा राखिएको यो पहिलो पटक हो ।   

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला