विश्वकपः रोचक तथ्यहरू

विश्वकपः रोचक तथ्यहरू

आयोजक राष्ट्रलाई विश्वकपको पहिलो ट्रफी

फुटबलको पहिलो विश्वकप प्रतियोगिता सन् १९३० मा उरुग्वेमा भएको थियो । यस प्रतियोगितामा १३ ओटा राष्ट्रले मात्र भाग लिएका थिए । दक्षिण अमेरिकाबाट ७, युरोपबाट ४ र उत्तर अमेरिकाबाट २ देश सहभागी थिए । प्रतियोगिताको फाईनलमा आयोजक राष्ट्र उरुग्वेले अर्जेटिनालाई ४–२ गोलले पराजित गरेको थियो । आजभन्दा झण्डै ९० वर्षअघि फाईनल प्रतियोगिता ९३ हजार दर्शकले हेरेका थिए । यद्धपी त्यतिबेला टेलिभिजनको भर्खर आविस्कार भएको थियो । अहिले जस्तो लाइभ हेर्ने जमाना होइन् ।  

सर्वाधिक गोलकर्ता

सन् २०१४ मा जर्मनीले चौथोपटक विश्वकप उचाल्दा, मिरोस्लाभ क्लोजेको योगदान निकै महत्वपूर्ण थियो । फिफा वल्र्डकपमा उनलाई गोलमेसिनको उपनामले पनि चिनिन्छ र सर्वाधिक गोलकर्ताको अग्रस्थानमा पनि उनकै नाम छ । यसअघि रोनाल्डो अग्रस्थानमा थिए, १५ गोल सहित । सन् २०१४ को वल्र्डकपबाट आप्mनो खातामा २ गोल थपेका क्लोजेले अहिलेसम्म कूल १६  गोल गरेका छन् ।  यसका साथै, प्रतियोगिताका चारवटा सेमी फाईनल खेल्न पाउने एक्लो भाग्यमानी खेलाडी पनि उनै हुन् । सन् २००६ को वल्र्डकप प्रतियोगितामा ५ गोल गरेका क्लोजेलाई गोल्डेन बुट प्रदान गरिएको थियो । तथापी, यस प्रतियोगिताको विजेता ईटाली थियो । एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी चाहिँ फ्रान्सका जष्ट फाउन्टिन हुन् । उनले, सन् १९५८ को विश्वकप प्रतियोगितामा १३ गोल गरेका थिए ।  

पहिलो गोल्डेन बुट विजेता

विश्वकप फुटबलमा सन् १९८२ बाट सर्वाेत्कृष्ट खेलाडीलाई गोल्डेन बुट दिन थालिएको हो । सुरुमा यसलाई गोल्डेन सु नाम दिईएको थियो भने सन् २०१० बाट गोल्डेन बुट भन्न थलियो । र, गोल्डेन बुट पाउने पहिलो भाग्यमानी फुटबलर थिए, ईटालीका पाउलो रोस्सी । उनले प्रतियोगितामा ६ ओटा गोल गरेका थिए ।  यो प्रतियोगिता स्पेनले आयोजना गरेको थियो भने वल्र्डकप विजेता चाहिँ ईटाली थियो । सन् १९३८ मा दोस्रोपटक विश्वकप जितेको ईटालीका लागि यो तेस्रो जित थियो । यस प्रतियोगितामा उसले पश्चिम जर्मनीलाई ३–१ ले पराजित गरेको थियो ।  अन्तिम पटक, सन् २०१४ मा ब्राजिलले आयोजना गरेको वल्र्डकप प्रतियोगितामा कोलोम्बियाका जेम्स रोड्रिगलाई गोल्डेन बुट प्रदान गरिएको थियो । यसपाली, कसको भाग्यमा गोल्डेन बुट लेखिएको छ, यो थाहा पाउन, केही समय कुर्नैपर्ने हुन्छ ।   

सर्वाधिक विश्वकप विजेता 

ब्राजिल जलस्रोतमा मात्रै विश्वकै धनी राष्ट्र हैन । सर्वाधिक विश्वकप उचालेको राष्ट्र पनि हो । पहिलोपटक, सन् १९५८ मा विश्वकप उचालेको ब्राजिलले त्यसपछि, १९६२, १९७०, १९९४ हुँदै अन्तिमपटक सन् २००२ मा विश्वकप उचालेको थियो । ब्राजिललाई पछ्याउँदै जर्मनी र ईटाली दोस्रो स्थानमा रहेका छन् । दुबै राष्ट्रले समान चार चार पटक विश्वकप उचालीसकेका छन् । जर्मनीले सन्, १९५४, १९७४, १९९० र २०१४ मा अनि ईटालीले ईटाली सन्, १९३४, १९३८, १९८२ र २००६ मा ।  ब्राजिलले यी दुई राष्ट्रलाई वल्र्डकपको फाईनलमा पुग्नु अगावै रोक्न सक्यो वा अन्य कुनै टोली विश्वकपको ट्रफी उचाल्छ भने यसपटक पनि ब्राजिलको एक्लो सर्वाधिक विश्वकप विजेता राष्ट्रको परिचयले निरन्तरता पाउने छ । 

२ देशकातर्फबाट विश्वकप खेल्ने खेलाडी 

सन् १९०१ मा जन्मेका लुईस मोन्टी अर्जेन्टिनी हुन् । उनले सन् १९३० मा पहिलो विश्वकप प्रतियोगितामा अर्जेन्टिनाको तर्फबाट सहभागिता जनाएका थिए । यो प्रतियोगिताको उपाधी उरुग्वेले जितेको थियो । त्यसपछि, सन् १९३४ मा उनले ईटालीका लागि विश्वकप खेले । यस प्रतियोगिताको उपाधी ईटालीले नै जित्यो ।  संकलनःअभिशेक जोशी   

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला