अनमोन अम्बानीको सफलताः १ सय करोड लगानी, २७ सय करोड आम्दानी

अनमोन अम्बानीको सफलताः १ सय करोड लगानी, २७ सय करोड आम्दानी

‘पैसाले पैसा तान्छ’ भन्ने नेपाली उखानै छ । यसलाई चरितार्थ गरेका छन्, भारतका युवा व्यवसायी अनमोल अम्बानीले । विश्वकै धनाड्य अम्बानी परिवारका सदस्य उनी अनिल अम्बानीका जेठा छोरा हुन् ।  अम्बानी परिवारको अर्काे परिचय बनेको छ रिलायन्स ग्रुप । रिलाईन्स क्यापिटल, रिलाईन्स ईन्स्फ्रास्टक्चर, रिलायन्स पावर तथा रिलायन्स कम्युनिकेसन्स लगायत क्षेत्रमा कम्पनीले लगानी गरेको छ ।

अनिल धीरूभाई अम्बानी ग्रुपको व्यापारिक सफलतालाई अँझै उचाई थप्ने काम गरेका छन् अहिले अनमोलले ।  अनमोलले आप्mनो पहिलो ‘डिल’ मै रिलायन्स ग्रुपलाई करोडौँको नाफा दिलाएका छन् । उनले व्रिटिश गेम डेभलपिङ कम्पनी कोडमास्टर्समा रहेको रिलायन्स ग्रुपको शेयरबाट ६० प्रतिशत हिस्सा बेचेका छन्–१७०० करोडमा ।   

१ सय करोडको शेयर

सन् २००९ मा अनिल अम्बानी ग्रुपको कम्पनी रिलायन्स क्यापिटलले १०० करोडमा कोडमास्टर्सको ९० प्रतिशत हिस्सा खरिद गरेको थियो । अहिले यसको बजार भाउ, २७ हजार करोड पुगिसकेको छ । कोडमास्टर्स लन्डन स्टक एक्सचेञ्जमा सुचीकृत कम्पनी हो ।  यो कम्पनी सन् १९८६ मा सुरू भएको थियो । एफ–१ नामक भीडियो गेम बनाएपछि यस कम्पनीले चर्चा पाउन थालेको थियो । अहिले कम्पनीका चार ओटा शाखा छन्–तीनवटा वेलायतमा छन् भने एउटा चाहिँ मलेसियाको क्वालालम्पुरमा छ । लन्डन स्टक एक्सचेञ्जलाई दिईएको फाईलिगं अनुसार, १७०० करोडमा हिस्सेदारी बेचीसकेपछि पनि कोडमास्टर्समा रिलायन्स ग्रुपको २९ प्रतिशत हिस्सा कायम नै छ र यसको वर्तमान बजार मुल्य १ हजार करोड भारु छ ।  अनमोलको व्यापारिक यात्रा

सन् २०१६ मा अनमोल रिलायन्स क्यापिटलको बोर्डमा सामेल भएका थिए । त्यसपछि, सन् २०१८ अप्रिलमा अनमोल, अम्बानी रिलायन्स निप्पान एसेट म्यानेजमेन्ट तथा रिलायन्स होम फाईनान्सको बोर्डमा सामेल भए । अहिले उनी रिलायन्स क्यापिटलमा एक्जिक्युटिभ डाईरेक्टर छन् ।   

अनमोलको पढाई

उनले लन्डन नजिक रहेको बारविकको विजनेश स्कुलमा पढाई गरेका थिए । सन् २०१४ मा दुई महिनाको ईन्टर्नसीप सकेपछि उनलाई रिलायन्स क्यापिटलको बोर्डमा सामेल गरिएको थियो । उनलाई व्यापारको राम्रो ज्ञान छ । उनी चर्चापरिचर्चाको माहौलदेखि टाढै रहेर काम गर्न रुचाउँछन् ।   

१२ हजार करोडको डिल

सन् २०१५ मा रिलायन्सले जेपी एसोसिएट्सको जलविद्युत्त परियोजना खरिद गरेको थियो । यो सौदा १२ हजार करोडमा सम्पन्न भएको थियो र यसमा अनमोलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  अनुवादःअभिशेक जोशी     

प्रतिकृया दिनुहोस

श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा

भारतीय वैज्ञानिक जो न्युटन र आइनस्टइनको

भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई

ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला