जब नेहरू रिसले आगो भए... 

जब नेहरू रिसले आगो भए... 

नेहरूको रिस

प्रसङ्ग बाडुंग सम्मलेनको हो, श्रीलंकाका प्रधानमन्त्री सर जोन कोटलेवाला भाषण गर्दै थिए । बोल्दा बोल्दै अचानक उनले भने, ‘पोल्याण्ड, हंगेरी, बुल्गेरिया र रोमानिया जस्ता देशहरू सोभियत संघका उपनिवेश हुन्, जसरी एशिया र अफ्रिकाका मुलुकहरूमा पश्चिमी उपनिवेश छ ।’  कोटलेवालाको यस्तो टिप्पणी सुनेपछि, तत्कालीन भारतीय प्रधानमन्त्री नेहरु रिसले आगो भए । उनी सर जोनको नजिकै पुगेर चर्काे स्वरमा बोले, ‘सर जोन । तपाईँले किन यस्तो बोल्नु भयो ? यो भाषण गर्नुअघि मलाई किन देखाउनु भएन ?’ सर जोनले नरम भएर जवाफ फर्काए, ‘मैले मेरो भाषण तपाईँलाई किन देखाउनु ? तपाईँ आप्नो भाषण मलाई देखाउनु हुन्छ र ?’ जवाफ सुनेपछि नेहरु झनै राकिए । नेहरुसँगै रहेकी ईन्दिरा गान्धीले उनको हात समातिन् र कानमा खासखुस गरिन्, ‘तपाईँ शान्त हुनुहोस् ।’ तर, दुई छिमेकी देशका प्रधानमन्त्री केटाकेटी झैँ भनाभन गरिरहे ।

कार्यक्रममा चीनका प्रधानमन्त्री चु एन लाई पनि उपस्थित थिए । उनी टुटाफुटा अंग्रेजी बोल्दै सर जोनलाई सम्झाउन कोशिस गर्दै थिए । सभामा सहभागी सबैले देखे,‘महान मानिसहरू पनि साधारण मानिसको जस्तो व्यवहार गर्दा रहेछन् ।’  भोलिपल्ट, बिहान यो मामिला साम्य भईसकेको थियो । सर जोनले गरिमामय ढंगले नेहरुसँग माफी माग्दै भने, ‘मेरो उद्देश्य यस सम्मेलनमा बाधा पु¥याउनु थिएन ।’ पछि, सर जोन कोटलेवालाले आप्mनो पुस्तक ‘एन एसियन प्राईम मिनिस्टर्स स्टोरी’ मा लेख्नुभयो, ‘म र नेहरु सधैँ आत्मीय मित्र थियौँ । मलाई विश्वास छ, नेहरु मेरो त्यो धृष्टता बिर्सि सके ।’  

अहंकारको आरोप

नेहरुको मृत्युपछि, चीन भ्रमणका रहेको श्रीलंकन प्रतिनिधि मण्डलसँग चीनियाँ प्रधानमन्त्री चु एन लाईले भनेछन्, ‘मैले रसियन कम्युनिष्ट नेता ख्रुश्चेवसँग भेट गरेँ । च्याङ काई सेकसँग भेट गरेँ । अमेरिकी अधिकारीहरुसँग पनि मेरो भेटघाट भयो तर नेहरु जस्तो अहंकारी मान्छे मैले देखिन ।’ नेहरुका सचिव रहिसकेका एमओ मथाईले ‘रेमिनिसेन्स अफ नेहरु एज’ पुस्तकमा लेखेका छन्, नेहरु निकै सुसंस्कृत थिए । उनी अहंकारी हुनै सक्दैनन् । तर, यो सत्य हो उनी धैर्यवान थिएनन् । मुर्ख मान्छेप्रति सहनशील थिएनन् ।’  

अधैर्य नेहरु

नेहरुको रिस कस्तो थियो भन्ने बारेमा पूर्व विदेशमन्त्री नटवर सिंहले एउटा किस्सा सुनाए, एकचोटी नेहरु उनीसित खुब रिसाए किनभने उनलाई नेहरुले राजा महेन्द्रलाई लेखेको चिठ्ठी दिएका थिए । नटवर सिंहले त्यो चिठ्ठी विदेश मन्त्रालयका सेक्रेटरी जनरललाई दिनुपर्ने भुलबस्, अल्मारीमा राखेछन् । नटवर सेक्रेटरी जनरलका सहायक थिए त्यतिबेला ।  उनी सम्झिन्छन्, ‘साँझ ६ बजे नेहरूले नेपालका राजा महेन्द्रलाई लेखेको चिठ्ठी म कहाँ आयो । मैले सोचेँ, बिहान पढ्नुपर्ला । बिहान म सेक्रेटरी जनरललाई बिदाई गर्न एयरपोर्ट गएँ । उनी मंगोलियाको सरकारी यात्रामा थिए । उनको बिमान ढिलो भयो । म एयरपोर्ट मै थिए ।’ नटवरले भने,‘त्यहिँ एक जना मान्छे मेरो छेऊ आईपुग्यो र बोल्यो, ‘तपाईँलाई पण्डितजीले बोलाउनु भएको छ’ । म तुरुन्तै साउथ ब्लक पुगेँ । त्यहाँ नेहरुका निजी सचिव खन्नाले मसँग भने, ‘नेहरुको कोठामा नछिर्नुहोला । निकै रिसाउनु भएको छ ।’  ‘उनी यति धेरै रिसमा थिए कि, जे हातमा प¥यो त्यसले नै हिर्काउन सक्थे ।’ अर्काे बिहान म विदेश सचिवको कोठामा छिरे र सोधे, ‘नेपालका राजालाई लेखेको पत्र तपाईँले हेर्नुभयो ?’ विदेश सचिवले जवाफ दिए, ‘म कहाँ त पत्र आईपुगेको छैन ।’

पछि थाहा भयो चिठ्ठी त नटवर सिंहसँगै छ । विदेश सचिवले नटवरको बचाव गर्नका लागि भने, ‘नटवर सिंहलाई चिठ्ठी धेरै मन प¥यो होला । पढ्नका लागि आफैँसँग राखेको हुनसक्छ ।’ विदेश सचिवको कुरो सुनेर नेहरु अझै बमबम भए । बोले, ‘मैले त्यो चिठ्ठी नटवर सिंहलाई खुसी पार्न लेखेको हैन । तुरुन्तै पुलिस बोलाउनुस् । उनको अल्मारीको ताला तोड्न लाउनुस् र चिठ्ठी म कहाँ ल्याउनुस् ।’ यो घटना सात दिनसम्म नटवर नेहरुको कार्यालय नजिक देखा नै परेनन् ।   

नेहरुको प्रेमपत्र

नेहरुको लर्ड माउन्टबेटनकी श्रीमति एड्विनासँग प्रेम सम्बन्ध थियो । चर्चित पत्रकार कुलदीप नैयरले बिबिसीलाई बताए, ‘जतिखेर उनी ब्रिटेनमा भारतका उच्चआयुक्त थिए, उनले थाहा पाए, नेहरु एड्विनालाई दैनिक एयर ईन्डियाका फ्लाईटबाट प्रेमपत्र पठाउने गर्थे ।’  एड्विना ती पत्रहरुको जवाफ दिने गर्दथिन् र उच्च आयोगको व्यक्ति ती पत्रहरु एयर ईन्डियासम्म पु¥याउने काम गर्थे । कुलदीपले एकपटक एड्विनाका नाती लर्ड रैमसेसँग सोधेका थिए, ‘के तपाईँको हजुरआमा र नेहरुबीच प्रेम सम्बन्ध थियो ।’ रैमसेले जवाफ दिए, ‘उनीहरुको बीचमा आध्यात्मिक प्रेम थियो ।’ यसपछि, नैयरले रैमसेसँग बढी सवाल गरेनन् । नेहरूले एड्विनालाई लेखेका प्रेम पत्रहरु प्रकाशित भईसकेका छन् । तर, एड्विनाले नेहरूलाई लेखेका प्रेमपत्रहरू आजसम्म पनि सार्वजनिक भएका छैनन् ।  कुलदीपले एकपटक, एड्विनाले नेहरुलाई लेखेका प्रेम पत्रहरु हेर्ने अनुमति मागेका थिए, ईन्दिरा गान्धीसँग । तर, ईन्दिराले पत्र देखाउन ठाडै ईन्कार गरिन् । 

पद्मजासँगको प्रेम 

भारतीय कवियत्री सरोजिनी नायडुकी छोरी पद्मजा नायडुप्रति पनि नेहरुको मनमा अनुराग थियो । क्याथरिन फ्य्रांकले ईन्दिरा गान्धीको जीवनीमा लेखेकी छिन्, विजयलक्ष्मी पण्डितले उनलाई बताएकी थिईन्, नेहरु र पद्मजाको प्रेम वर्षाै चलेको थियो । विजयलक्ष्मी नेहरुकी वहिनी थिईन् ।  नेहरु छोरी ईन्दिराको चित्त दुखाउन चाहँदैन्थे, यसैकारण पद्मजासँग उनले विवाह गरेनन् । ईन्दिरा, नेहरुका जीवनीकार एस गोपालसँग यसैकारण रिसाएकी थिईन्, उनले नेहरुको ‘सेलेक्टेड वक्र्स’ मा पद्मजाले नेहरुलाई लेखेका प्रेमपत्र पनि प्रकाशित गरिदिएका थिए । सन् १९३७ मा नेहरुले पद्मजालाई लेखेका थिए, ‘.....तिमी १९ वर्षकी छ्यौ । (जबकी पद्मजा त्यतिखेर ३७ सालकी थिईन्) अनि म १०० वर्ष या यो भन्दा बढी उमेरको । के कहिल्यै मलाई थाहा लाग्नेछ, तिमी मलाई कति प्रेम गछ्र्याै ?’ अनि, एकपटक मलायबाट नेहरुले पद्मजालाई लेखेका थिए, ‘म तिम्रो हालखबर थाहा पाउन मरिरहेको छु । म तिमीलाई देख्न, तिमीलाई अँगालोमा लिन अनि तिम्रा आँखामा हेर्न तड्पिरहेको छु ।’ (सेलेक्टेड वक्र्स अफ नेहरु, सर्वपल्ली गोपाल, पेज ६९४)  

नेहरूप्रति मुस्लिम सम्मान

नेहरुका सुरक्षा गार्ड रहिसकेका केएम रुस्तमजीले ‘आई वाज नेहरुज स्याडो’ मा लेखेका छन्, ‘नेहरु ६३ सालका थिए तर देखिन्थे ३३ का । लिफ्ट प्रयोग गर्दैन्थे । सिँढीमा पनि एकैपटक दुई खुड्किला चढ्थे ।’ उनले लेखेका छन्, ‘डिब्रुगढको यात्रा थियो । म सिगरेटको बट्टा लिन उनको कोठामा गएँ, त्यहाँ नेहरुका सहायक हरि फाँटेको मोजा सिउँदै थिए । नेहरुलाई चीजवस्तु खेर फालेको मन पर्दैन्थ्यो । एक पटक साउदी अरब भ्रमणको बेला, उनको स्वागतका लागि महलमा बालिएका सबै बत्ती निभाउँदै हिँडेका थिए ।’ साउदी अरबले उनलाई, ‘रसुल–अस–सलाम’ भनी सम्बोधन गरेको थियो, जसको अर्थ हुन्छ, ‘शान्ति वाहक’ । उर्दुमा पैगम्बर मोहम्मदका लागि मात्रै ‘रसुल–अस–सलाम’ सम्बोधन हुने गर्दछ ।

नेहरूलाई रसुल–अस–सलाम भनेकै कारण, पाकिस्तानमा साउदी राजाको निकै आलोचना भएको थियो । तब, पाकिस्तानका चर्चित कवि रहिश अमरोहीले एउटा पंक्ति लेखेका थिए, जुन कराँचीबाट प्रकाशित हुने पाकिस्तानकै लोकप्रिय अखबार ‘डन’मा पनि छापिएको थियो– जप रहे हैँ माला एक हिन्दु कि अरब, ब्राह्मणजादे मे शाने दिलबारी ऐसी तो हो । हिकमते पण्डित जवाहरलाल नेहरु कि कशम, मरमिटे ईस्लाम जिस पर काफिरी ऐसी तो हो ।।   

हजामलाई घडी उपहार  नेहरुका पर्सनल असिस्टेन्ट डाक्टर जनकराज जयले बिबिसीलाई एउटा रोचक किस्सा सुनाए, ‘नेहरुको कपाल काट्न राष्ट्रपति भवनबाट हजाम आउने गर्दथ्यो । एकपटक नेहरुले उसलाई भने, म वेलायत भ्रमण जाँदैछु, भन तिम्रो लागि के ल्याईदिउँ ?’ हजामले लजाउँदै जवाफ दियो,‘हजुर कैले काहिँ आउनलाई ढिला हुन्छ । घडी ल्याईदिनु भए मलाई टाईममै आउन सजिलो हुनेछ ।’ जब नेहरु वेलायतबाट फर्के, हजाम उनको कपाल काट्न आयो तर घडीको बारेमा सोधेन । तब, नेहरुले आफैँ भने,‘मैले तिम्रो लागि वेलायतबाट घडी ल्याएँ कि ल्याइँन भनेर सोध्दैनौ ? जाउ शेषन (उनको निजी सहायक) लाई भेटेर घडी लिनु ।’  अनुवादःअभिशेक जोशी  

प्रतिकृया दिनुहोस

‘भारतका महान छोरा’ पूर्व प्रधानमन्त्री

भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री

वाउ ! सूर्य छुने रकेट उड्यो

न्युटनको चाल सम्बन्धी तेस्रो नियम

‘नक्कली’ बन्ने होडबाजी

कथा कुरान प्रेमी हिन्दु परिवारको 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि