‘आईरन लेडी’ इन्दिरा 

   ‘आईरन लेडी’ इन्दिरा 

फिरोज घान्दी

फिरोज जाँहगीर घान्दी गुजराती पारसी थिए भने ईन्दिरा कश्मिरी ब्राह्मण परिवारकी थिईन् । उनको पुरा नाम ईन्दिरा ‘प्रियदर्शिनी’ नेहरु थियो । ‘प्रियदर्शिनी’ उपनाम उनलाई महान साहित्यकार रवीन्द्रनाथ टैगोरले दिएका थिए । उत्तर प्रदेशको इलाहावाद, अयोध्या क्षेत्रमा जवाहरलाल नेहरु परिवारप्रति सर्वसाधारण निकै इज्जत गर्थे । तर इन्दिरा–फिरोज विवाहको विषयमा खुब कानेखुसी हुने गथ्र्याे, ‘कसरी एक उच्च ब्राह्मणकी छोरी बनियाँ (वैश्य) सँग विवाह गर्न सक्छे ? घान्दी बनियाँ नै त हो ।’ इन्दिराकै कारण फिरोज ‘घान्दी’बाट ‘गान्धी’ बनाईए । र, कांग्रेस नेटवर्कले यसलाई नेहरु–गान्धी परिवारबीच अटुट सम्बन्ध कायम भयो भन्दै खुब प्रचार गरे । यस प्रचारले आम मानिसहरुमा फिरोज गान्धी र महात्मा गान्धीबीच पारिवारिक नाता छ भन्ने भ्रम फैलियो । जसले गर्दा, इन्दिरा र फिरोज नेहरु–गान्धी परिवारको अकाट्य मेलका प्रतिनिधि पात्र बनेर उदाए । खासमा, इन्दिराको महात्मा गान्धीसँग न माईतीपट्टिको साइनो छ न त ससुरालीतिरकै ।  

सन् १९६६ मा तत्कालीन भारतीय प्रधानमन्त्री लालबाबु शास्त्रीको तासकन्दमा अचानक मृत्यु हुँदा इन्दिरा सूचना तथा प्रशारण मन्त्री थिईन् । पार्टीभित्र कांग्रेस संसदीय दलको नेताका लागि चुनाव भयो । दलको नेताका उम्मेद्वार थिए, कांग्रेसभित्र दक्षिणपन्थी भनेर चिनिने मोरारजी देसाई तथा इन्दिरा गान्धी । कांग्रेस नेता के. कामराजले इन्दिराका लागि बहुमत जुटाउन निकै मेहनत गरेका थिए । यसरी संसदीय दलको नेतामा मोरारजी देसाईलाई हराउँदै उनी प्रधानमन्त्री बन्न सफल भएकी थिईन् । इन्दिराले पहिलोपटक आम चुनावमा पार्टीको नेतृत्व गर्दा कांग्रेसलाई ठूलो झट्का लागेको थियो–आठ राज्यमा कांग्रेस चुनाव हारेको थियो । संसदमा पनि कांग्रेसको उपस्थिति कमजोर भयो । यसकारण, समाजवादी नेता डा.राम मनोहर लोहिया बारम्बार संसदमा उनलाई ‘गुंगी गुडिया’ (बोल्न नसक्ने बच्ची) भन्दै कटाक्ष गर्ने गर्थे ।   

अटल विहारीले इन्दिरालाई भने, ‘दुर्गा’

जवाहरलाल नेहरुकी छोरी भएकै कारण सन् १९५९ मा  इन्दिरा कांग्रेसको राष्ट्रिय अध्यक्ष चुनिएकी थिईन् । पार्टीभित्रको दक्षिणपन्थी खेमामा, यसैकारण उनी विरुद्ध केही विरोधीहरु उत्पन्न भएका थिए । विरोधीलाई शान्त पार्नका लागि इन्दिराले, ढाई साल अगाडि चुनाव जितेर आएको केरलाको कम्युनिष्ट सरकार ढालेर राष्ट्रपति शासन लागू गरिन् । यसै वर्ष उनी अध्यक्ष चुनिएकी थिईन् ।  उनले प्रसिद्ध कम्युनिष्ट नेता तथा पहिलो मुख्यमन्त्री ईएमएस नम्बुदरीपादले नेतृत्व गरेको सरकारलाई बर्खास्त गरेकी थिईन् । राष्ट्रपति शासन लागू गर्नुलाई कानुन व्यवस्थाको उल्लंघन भनिएको थियो तर यसले उनीमाथि कुनै असर गरेन ।  तर, पनि इन्दिरा गान्धीको भारतीय कम्युनिष्ट पार्टीसँग राजनीतिक सम्बन्ध सुमधुर थियो ।  सन् १९६९ मा उनले बैँक तथा राजामहाराजाको शाही सम्पत्ति राष्ट्रियकरण गरेर कम्युनिष्टको मन जितेकी थिईन् । भारती कम्युनिष्ट पार्टीका नेता श्रीपाद डांगेले यसलाई एकता र संघर्षको नीतिका रुपमा अथ्र्याएका थिए । अर्थात्, कांग्रेसका जनपक्षीय नीतिहरुमा एकजुट हुने अनि जनविरोधी नीति विरुद्ध संघर्ष गर्ने । इन्दिराको यस्तो रणनीतिलाई लन्डनबाट प्रकाशित हुने टाईम्स पत्रिकाकी पत्रकार पिटर हेजलहस्र्टले ‘स्वार्थ तर्फको झुकाव’ भनेर टिप्पणी गरेकी थिईन् । 

सन् १९७१ मा इन्दिरा बंगलादेशको समर्थनमा उभिईन् र स्वतन्त्र बंगलादेशका लागि पाकिस्तानसँग युद्द गर्ने घोषणा गरिन् । त्यस युद्धमा इन्दिरालाई सोभियत संघले धेरै मदत ग¥यो । फलस्वरुप, पाकिस्तान युद्धबाट पछाडि हट्यो र बंगलादेशलाई स्वतन्त्र राष्ट्रको हैशियत दिन तयार भयो । यसरी, विश्व मानचित्रमा पूर्वी पाकिस्तान बंगलादेश नामको नयाँ मुलुकका रुपमा देखाप¥यो ।  यो, त्यो समय हो, जतिखेर भारत र अफगानिस्तानसँग सोभियत संघको गहिरो मित्रता थियो भने पाकिस्तानसँग अमेरिकाको । पूर्वी पाकिस्तान मामिला पाकिस्तानको आन्तरिक मामिला भएको र यसमा इन्दिराले अनावश्यक हस्तक्षेप गरेको अमेरिकी बुझाई थियो । अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले विशेष दुत पठाएर इन्दिरालाई पाकिस्तान मामिलाबाट अलग रहन आग्रह गरेका थिए ।   पाकिस्तानबाट बंगलादेशलाई अलग गरेकै कारण भारतमा मात्र होइन विश्वभर उनको चर्चा चुलिएको थियो । कतिसम्म भने, अटल विहारी वाजपेयीले उनलाई ‘दुर्गा’को संज्ञा दिएका थिए ।   

भ्रष्टाचारको आरोप

सन् १९७५ को चुनावमा इन्दिराले धाँधली गरेको, जित्नका लागि अत्यधिक पैसा खर्च गरेको तथा चुनाव प्रसार प्रचारमा सरकारी स्रोतसाधनको दुरूपयोग गरेको आरोप लाग्यो । त्यसैगरी, सन् १९७६ मा हङकङको एउटा तेल कम्पनीसँग खरिदबिक्री सम्झौतामा इन्दिरा गान्धीले १३ करोड भ्रष्टाचार गरेको अर्काे आरोप लाग्यो ।  यसपछि, कांग्रेस भित्र तथा बाहिरका समाजवादी, रुढीवादी, जनसंघ (आजको भाजपा) आदि मिलेर इन्दिरा विरुद्ध आन्दोलनमा उत्रिए । यस आन्दोलनको नेतृत्व समाजवादी नेता जयप्रकाश नारायणले गरेका थिए । यो आन्दोलन जेपी आन्दोलन तथा विहार आन्दोलनका नामले चर्चित छ । 

विश्व सामु भारतको शक्ति प्रदर्शन गरेकी इन्दिरा यस आन्दोलनले गर्दा तनावमा आईन् । अनि, सन् १९७५ को चुनावी विषयमा ईलाहावाद अदालतले उनको संसद सदस्यता खारेज गरिदिएपछि उनलाई झन तनाव वढ्यो । २५ जुन १९७५ मा आपतकाल घोषणा गरियो । खासमा यो आपतकाल इन्दिराका कान्छा छोराले लगाएका थिए । साथै, उनले इन्दिराका मुख्य सचिव पीएन हक्सर र मिडिया प्रवक्ता शारदा प्रसादलाई पनि पदबाट हटाएका थिए ।   

आईरन लेडी

बंगलादेश युद्दमा पाकिस्तान पराजित भएपछि इन्दिराले आईरन लेडीको उपमा पाएकी थिईन् । तर, जस्तो भनिने गरिएको छ, कांग्रेस धर्मनिरपेक्षतामा विश्वास गर्ने दल हो, वास्तविकतामा चाहिँ यस्तो देखिँदैन । इन्दिराको छवि पनि धर्मनिरपेक्ष देखिँदैन, सन् १९८२ मा जम्मू चुनावका बेला भएको साम्प्रदायिक दंगामा उनले आप्mनो साम्प्रदायिक रंग देखाएकी थिईन् ।  जम्मूमा कांग्रेसको चुनावी अभियानले साम्प्रदायिक स्वर समात्नुको मुख्य कारण ‘खलिस्तान’ गठनका लागि चलिरहेको आन्दोलन थियो । तर पनि, सन् १९८४ मा जब इन्दिराको हत्या भयो, त्यसपछि पनि कांग्रेसले आप्mनो रंग फेर्न सकेन । राजीव गान्धीले सहानुभूति भोट पाएर ५१४ मध्ये ४०४ सिटमा अभूतपूर्व जित हासिल गरे भनिन्छ तर यो सतही कारण हो । खासमा, अल्पंख्यक धर्म सम्प्रदाय विरुद्ध चलाईएको हिन्दु साम्प्रदायिकताले कांग्रेसलाई यस्तो अभूतपूर्व चुनावी सफलता दिलाएको थियो ।   

‘ब्लु स्टार’ अपरेसन आफैंलाई घातक

भारत पाकिस्तान विभाजनदेखि नै पञ्जाब, हरियाणा, हिमाञ्चल तथा जम्मू–कश्मिर क्षेत्र समेटेर स्वतन्त्र राष्ट्र ‘खलिस्तान’ बन्नुपर्ने आवाज उठ्न थालेको थियो । धर्म, भाषा र जातिको आधारमा सिखहरु भारत सरकारबाट अपमानित भएको महसुस गर्न थालेका थिए ।  सन् १९८४ मा सिखहरुको पवित्र धर्मस्थल गाल्डेन टेम्पलमा अड्डा जमाएर बसेका हतियारधारी खलिस्थान समर्थकहरुविरुद्ध इन्दिरा गान्धीले अपरेसन ‘ब्लु स्टार’ सुरू गरिन् । यस अपरेसनमा सरकारी सुरक्षा फौज, लडाकु तथा मन्दिरभित्र रहेका निर्दाेष मानिसहरु गरी हजारौँ मारिए । मन्दिर पनि क्षतिग्रस्त भयो । विपक्षीहरुले यस घटनाको चर्काे विरोध गर्दै, ‘इन्दिराले शक्तिको दुरुपयोग’ गरेको आरोप लगाए भने सिखहरूले यसलाई सरकारले आफू विरुद्ध चलाएको अभियानको रुपमा बुझे । त्यसैकारण, ३१ अक्टोबर, १९८४ को बिहान इन्दिरालाई उनका दुई सिख सुरक्षाकर्मीले गोली हानेर हत्या गरे । त्यसपछि कांग्रेस समर्थकहरुले उब्जाएको साम्प्रदायिक हिंसामा दश हजार बढी सिखहरु मारिए ।    

मुस्लिम तुष्टिकरण विरुद्ध हिन्दु

सन् १९८९ मा राजीव गान्धीले रामराज्य स्थापना गर्ने वचन दिँदै अयोध्यामा आप्mनो चुनावी अभियान सुरू गरे । उनी इलाहावाद उच्च अदालतको आदेश विरुद्ध ठिक त्यहि स्थानमा राम मन्दिरको शिलान्यास गर्न तयार भए जहाँनेर विश्व हिन्दु परिषद्ले माग गरेको थियो ।  त्यहि ट्रेण्ड आज पनि जस्तोको त्यस्तै चलिरहेको छ । कांग्रेस उपाध्यक्ष राहुल गान्धीले गुजरात चुनावी अभियानको सुरुवात मन्दिर गएर गरे । मुख्य गरी, एउटा हिन्दु देशभित्र नेताहरुले मन्दिर जानु सामान्य हिसाबले अस्वभाविक कुरो होईन । तर चुनावको समय आउने बितिक्कै मन्दिर जानुले यहि प्रमाणित गर्छ कि, भाजपा कांग्रेसलाई मुस्लिम तुष्टिकरण पार्टीको आरोप नलगाओस् । 

६० वर्षे कांग्रेसराजमा मुस्लिमहरुको तुष्टिकरण कसरी गरिएको छ, यो त सन् २००५ को सच्चर कमिटी रिपोर्टबाट नै स्पष्ट भईसकेको थियो । तब, यस तुष्टिकरणको आरोपसँग कांग्रेस यति डराउनु पर्ने कारण के ? खासमा, कांग्रेस र भाजपाबीच खासै अन्तर छैन, इन्दिरा गान्धी पनि धार्मिकताको यस रंगबाट बच्न सकेकी थिईनन् ।   अनुवादःअभिशेक जोशी

प्रतिकृया दिनुहोस

‘अब हिन्दू चुप बस्दैनन्’

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला