विश्वका यी १० युवा अर्बपति कसको सम्पत्ति कति ? 

विश्वका यी १० युवा अर्बपति कसको सम्पत्ति कति ? 

चर्चित अमेरिकी पत्रिका फोब्सले हरेक वर्षमा झैं यसपल्ट पनि संसारका धनाढ्य व्यक्तिको  सूची सार्वजनिक गरेको छ । उसको सूचीमा विश्वभर १८ सय  १५ जना अर्बपति दर्ज भएका छन् । अहिले विश्वको जनसंख्या सात अर्ब ५० लाख पुगेको छ । यी अर्बपतिको एउटैसँग विश्वका कतिपय मुलुकको बार्षिक बजेट भन्दा वढी सम्पत्ति छ । पत्रिकाका अनुसार अर्बपति मध्ये लगभग २०% चाहिँ ४० वर्षभन्दा कम उमेरका युवा रहेका छन् । 

यी युवा मध्ये केही पुख्र्याैली सम्पत्तिको स्वामित्व प्राप्त गरेर अर्बपति बनेका हुन् भने केहीले आफ्नै मिहेनतबाट सफलता प्राप्त गरेका हुन् । विशेष सूचना प्रविधिको व्यवसायमा आवद्ध युवा उद्यमीहरू सफल देखिएका छन् ।  ईन्टरनेट प्रविधिको व्यवसाय उनीहरुलाई फलिफाप भएको छ । १० युवा अर्बपतिबारे अभिशेक जोशीले अनुवाद गरेर तयार पारेको यो सामग्रीः    

मार्क जुकरबर्ग, ६२ अर्ब डलर

मार्क जुगरबर्ग सामाजिक सञ्जाल फेसबुकका सह–संस्थापक तथा सिईओ हुन् । यिनको पुरा नाम मार्क ईलियट जुकरवर्ग हो । सन् १९८४ मा भएको थियो । ३४ वर्षे यी सफल व्यवसायी विश्वका पाँचौँ धनाड्यको सूचीमा पर्छन् । गजब के छ भने यिनले आप्mनो सम्पत्तिको ९९% चाङ जुकरवर्ग ईनिसिएटिभलाई दान गरेका छन् । उनको कूल सम्पत्ति ६२ अर्ब डलर रहेको छ ।   

लुकास वाल्टन, ११.२ अर्ब डलर

सन् १९८६ मा जन्मेका लुकासका पिता जोन टि वाल्टनको सन् २००५ को एउटा जहाज दुर्घटनामा देहान्त भयो । यसपछि बुवा जोनको सम्पत्ति भागबन्डा हुँदा यिनको भागमा ११ अर्ब डलर प¥यो । जसरी लुकासका पिता जोन परोपकारका कामहरुमा रूची राख्थे र १७ अर्ब डलर दान गरेका थिए, त्यसरी नै लुकास पनि स्वास्थ्य हेरचाह, सामुदायिक विकास वातावरण तथा शैक्षिक कामहरुमा वाल्टन फ्यामिली फाउन्डेसनमार्फत् दान गर्ने गर्छन् । उनी वाल्टन फ्यामिली फाउन्डेसनका निर्देशक हुन् ।     

डस्टिन मस्कोभिच,११ अर्ब डलर

हार्वर्ड विश्वविद्यालयमा छँदा डस्टिन मार्क जुकरवर्गका साथी एवम् रूम पार्टनर थिए । फेसबुक सहसंस्थापक मध्येका एक यिनी पनि हुन् जसले फेसबुकलाई विश्वव्यापी बनाउन जुकरवर्गलाई सहयोग गरेका थिए । यिनी फेसबुकको पहिलो मुख्य प्रविधि अधिकृत पनि हुन् । साथै असना कम्पनीका सह–संस्थापक । 

एड्वार्डाे सभेरिन–७.२ अर्ब डलर

एड्वार्डाे ब्राजिली ईन्टरनेट व्यवसायी हुन । साथै, उनी व्यापार सुरु गर्नेहरुका लागि पुँजी जोहो गर्ने काम पनि गर्छन् । उनी फेसबुकका सहसंस्थापक हुन् । फेसबुक सुरु भएपछि यिनी मुख्य वित्तीय अधिकारीको रुपमा थिए । यिनी सन् १९८२ मा जन्मेका हुन् । 

याङ्ग हुईयाङ,७.५ अर्ब डलर

सन् १९८१ मा जन्मकी याङ्ग एसियाकी धनाड्य युवा हुन् । उनले आप्mना पिताको सम्पत्तिबाट ७०% सेयर पाएकी थिईन् । अहिले उनी आप्mना पिताको कम्पनी कन्ट्री गार्डेन होल्डिङ्की सह अध्यक्ष छिन् । कन्ट्री गार्डेन चीनको ग्वानजाउ प्रान्तमा रहेको एउटा रियल स्टेट कारोबार गर्ने कम्पनी हो । हाल कन्ट्री गार्डेनमा उनको सेयर ५५% रहेको छ ।  याङ्गले वहायियो विश्वविद्यालयबाट मार्केटिङ र लजिस्टिकमा ग्रेजुएसन गरेकी छिन् । 

स्कट डुन्कान, ५.५ अर्ब डलर

डुन्कान परिवारमा जन्मेका उनी पूख्र्यौली अर्बपति हुन् । उनका पिताको देहान्त भएपछि पुख्र्याैली सम्पत्ति उनी र उनका बहिनीहरुमा बराबर बाँड्दा ३.१ अर्ब डलर उनले पाएका थिए । उनको पारिवारिक कम्पनी ईन्टरप्राईजेज प्रोडक्टस्सँग ५० हजारभन्दा बढी ग्याँस, पेट्रोकेमिकल तथा तेल वितरण गर्ने पाईपलाईनको स्वामित्व रहेको छ । उनको कम्पनीको सेयर मुल्य बढेका कारण पनि पृथ्वीका अर्बपति युवाहरुमा उनी चम्किँदै गईरहेका छन् ।   

नाथन ब्लेचर्जेक,३.८ अर्ब डलर

नाथन अमेरिकाको बोष्टन शहरमा सन् १९८४ मा जन्मेका थिए । यिनका पिता ईलेक्ट्रिकल ईन्जिनयर थिए । नाथनलाई उनका पिताले १२ वर्षको उमेरमै सफ्टवेयर प्रोग्राम बनाउन सिकाएका थिए । स्कुल पढ्दै गर्दा उनी विजनेश राईटिङ सफ्टवेयर बनाएर बेच्न थालि सकेका थिए । पछि कम्प्युटर साईन्समा उनले हार्वर्ड विश्वविद्यालयबाट उपाधि प्राप्त गरे ।। एयरबिएनबि कम्पनी सुरू गर्नुअघि उनले माईक्रो सफ्ट, ओप्नेट र बाटिक जस्ता कम्पनीमा ईन्जिनियरको रुपमा काम गरेका थिए ।  एयर बिएनबीका उनी चिफ स्ट्राटेजी अफिसर हुन् । यस कम्पनीले अनलाईन मार्फत् अपरिचित शहरमा यात्रीहरुका लागि बसोबासको व्यवस्था गर्ने काम गर्दछ । अहिले यस अनलाईनसँग भारत लगायत विश्वका ३४ हजार शहरका ३५ लाख होटलहरुको सुची रहेको छ । आज उनको कम्पनीको शेयर मुल्य ३० अर्ब डलर रहेको छ, यसमध्ये १३% शेयरमा उनको स्वामित्व छ ।   

ब्रायन चेस्काई,३.८ अर्ब डलर 

ब्रयान एयरबिएनबीका संस्थापक तथा सिईओ हुन् । सन् १९८१ मा यिनको जन्म अमेरिकाको न्यू योर्क शहरमा भएको थियो । कलेजको पढाई सकेपछि केही वर्षसम्म उनले औद्योगिक डिजाइनरको रुपमा जागीर गरेका थिए । यिनको पनि यस कम्पनीमा १३% शेयर रहेको छ ।   

जोय गेब्बिया–३.८ अर्ब डलर

सन् १९८१ मा जन्मेका जोय डिजाईनर तथा ईन्टरनेट व्यवसायी हुन् । उनी एयरबिएनबीका संस्थापक तथा चिफ प्रोडक्ट अफिसर पनि हुन् । उनी एयरबिएनबिका बाँकी दुई संस्थापक नाथन ब्लेचर्जेक र ब्रायन चेस्काई रुम पार्टनर थिए, रोडे आईल्याण्ड स्कुल अफ डिजाईनमा विद्यार्थी छँदा ।       

फुली जोङ–२.७ अर्ब डलर

३५ वर्षे फुलीका पिताको नाम जोङ क्विङहाउ हो । उनी ह्याङजाउ वाहाहा ग्रुप कम्पनीका मालिक तथा नियन्त्रक हुन् । यस चीनियाँ कम्पनीले पेय पदार्थहरु पानी, दूध, जुस, चिया लगायतको कारोबार गर्ने गरेको छ । फुलीका पिता चीनका सबैभन्दा धनी मानिसहरुको सूचीमा दोस्रो नम्बरमा रहेका छन् । यिनै धनी पिताको सम्पत्तिमा अधिक अंश पाएपछि उनी विश्वका धनाड्य अर्बपति युवाहरुको सुचीमा अटाउन सफल भईन् । 

फुलीले सन् २००७ मा परोपकारी संस्था फुली च्यारिटी फाउन्डेसन खोलिन् र १ लाख ५५ हजार डलर दान गरिन् । यसैगरी, फुलीले चीनको जेझियाङ विश्वविद्यालयमा फुली ईन्स्टिच्युट अफ फुड रिसर्च स्थापना गर्न ११ करोड अमेरिकी डलर सहयोग गरेकी थिईन् । यसरी नै उनको च्यारिटी फाउन्डेसनले आर्थिक खाँचो परेका विद्यार्थीहरुलाई सहयोग पुयाउने गरेको छ ।     

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला