काफल पाक्यो...

काफल पाक्यो...

सुदूरपश्चिम सास्कृतिक धार्मिक हिसाबले मात्रै नभई प्राकृतिक सम्पदामा पनि उत्तिकै धनी छ । यो क्षेत्र औषधियुक्त जडिबुटी तथा फलफुलको भण्डार पनि हो । यहाँ पाइने काफल, तिमला, बेडु, अमला, घाङर, पाङर, मेल, किम्मु, गुल्लर लगायत सयौँ पौष्टिक फल तथा जडीबुटीको प्रचार–प्रसार नहुँदा त्यसबाट आर्थिक उपार्जन हुन सकिरहेको छैन् । यी जंगली फलहरुमा विशेष गरेर भिटामिन सी तथा एन्टी अक्सिडेन्ट अत्यधिक मात्रामा रहेको पाईन्छ ।

अध्यन–अनुसन्धानको अभावमा ती जडीबुटीको महत्व स्थानीस्तरबाट माथि उठन सकेको छैन ।   पहाडी लोक जीवनमा घाँस दाउरा गर्दा, गाईवस्तु चराउँदा वा कतै हिँडेका पैदल यात्रीहरु भोक लाग्दा यिनै फलहरु खाएर आप्mनो भोक मेटाउने गर्छन । अहिले चाहिँ यी मध्ये केही फलहरुको व्यावसायिक कारोबार समेत सुरू भईरहेको छ भने केही अहिले पनि पहाडी लोक जीवनबीच परम्परागत प्रयोगमा मात्र सीमित छन् । यस क्षेत्रमा पाइन फलहरुबारे दैनिक जागरणले तयार पारेको सामग्री अभिशेक जोशीले अनुवाद गरेका छन् ।   

काफल

काफल पाक्दै गएपछि यसको रंग र स्वाद बदलिन थाल्छ । हरियो हुँदा काफल अमिलो हुन्छ । पहाडी लोक जीवनमा हरियो काफलको चटनी बनाउने गरिन्छ । यसको चटनी निकै नै स्वादिलो हुन्छ । त्यसपछि, जब यो पाक्छ, यसको रंग गाढा रातो हुन्छ; वैजनी रंग मिसाएको जस्तो । पाकेको काफलको स्वाद जसले खायो, उसले मात्रै थाहा पायो । काफलका हाँगाविँगाहरु दतिवनको रुपमा प्रयोग गर्न सकिन्छ ।  कुनै समय नेपालको पहाडी लोक जीवनमा मात्रै सीमित रहेको काफल यतिखेर साना ठूला बजारहरुमा, बस स्ट्यान्डतिर वा टोलहरुतिर बिक्रीवितरण हुन थालेको छ । बैशाख जेठ काफल पाक्ने समय हो । यसको व्यावसायिक खेती नेपालमा अँझै सुरु हुन सकेको छैन ।  काफलमा एन्टी अक्सिडेन्ट रहेको हुन्छ, मानव शरीरका लागि एकदमै लाभदायक । अमिलो मीठो स्वाद रहेको यो फल खाँदा पेटका विकारहरु साफ हुन्छन्, भोक लाग्ने रोग तथा सुगर रोगीका लागि पनि यो फल अत्यन्तै गुणकारी छ । त्यसैगरी, यसको सेवन गर्नेहरुलाई क्यान्सर तथा स्ट्रोक आदि रोग हुने सम्भावना न्युन रहन्छ ।  आयुर्वेदमा काफललाई ‘कायफल’ नामले चिनिन्छ । यसको बोक्रामा मायरीसिटिन, माईरीसिट्रीन तथा ग्लाईको साईड आदि अम्लीय तत्वहरु रहेका हुन्छन् । काफलमा पाईने फाईटोकेमिकल पोलीफेनोल सुन्निएको कम गर्ने लगायत जीवाणु तथा विषाणुको प्रतिरोध गर्ने काम गर्दछ । 

तिमला

तिमलालाई अंग्रेजीमा एलिफेन्ट फिग भनिन्छ भने हिन्दीमा अंजीर । यो समुद्रीतटबाट ८ सयदेखि २ हजार मिटर उचाईसम्म पाईन्छ । यो विशेष गरेर एसियामा पाईने फल हो । आजभोली विभिन्न उद्योगहरुले तिमलाबाट जाम, जेली तथा विभिन्न प्रकारका फर्मस्युटिकल, न्यूट्रास्युटिकल वस्तुहरु उत्पादन गरिरहेका छन् । पोखरा विश्वविद्यालयले सन् २००९ मा गरेको अनुसन्धानले, तिमलामा एन्टि अक्सिडेन्टको मात्रा ८४% रहेको देखियो ।  ईन्टरनेशनल जर्नल फर्मास्युटिकल साईन्स रिभ्यु रिसर्च अनुसार, तिमला स्याउ र आँप झैँ उत्तम गुणले भरिएको फल हो । पाकेको तिमला ग्लुकोज, फ्रुटोज तथा सुक्रोज प्राप्तिका लागि एकदमै राम्रो स्रोत हो । यसमा कोलेस्ट्रोल पाईन्न । तिमलामा फाईबर अत्यधिक मात्रामा तथा ग्लुकोज ५०% रहेको हुन्छ । तिमलालाई तरकारीको रुपमा पनि खान सकिन्छ । साथै, यसको प्रयोग बेकरी उद्योगमा भईरहेको छ । तिमला खानाले शारीरिक विकार तथा जन्डिस, हैजा जस्ता रोगहरुको नाश त हुन्छ नै साथै शरीरले आवश्यक पोषण पनि प्राप्त गर्दछ ।  यसको पनि विश्वका विभिन्न मुलुकहरुमा व्यावसायिक खेती गरिन्छ किनभने यसको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको छ । 

बेडु

बेडुलाई अंग्रेजीमा वाईल्ड फिग भनिन्छ । यो फल बाह्रैमाश पाईने गर्दछ । सुदुरपश्चिमतिर एउटा गड्वाली गीत निकै चर्चित छ–बेडु पाक्यो बाह्रैमाश, नारान काफल पाक्यो चैत, मेरी साईला । बेडुको पुरा वृक्ष नै उपयोगी मानिन्छ । यसका बोक्रा, पात, जरा, फल, चोप औषधीय गुणले भरिएका हुन्छन् । पारम्परिक रुपमा यसको प्रयोग पेटको रोग, ट्युमर, अल्सर, सुगर, फंगस संक्रमण तथा हाईपोग्लेसिमियामा गरिन्छ । आयुर्वेदमा बेडु फलको गुदी कब्जियत, फोक्सोको विकार तथा मुत्रासय रोगको विकार हटाउन प्रयोग गर्ने गरिन्छ ।  बेडुको फलमा ४.०६ प्रतिशत प्रोटिन, १७.७५ प्रतिशत फाईबर, कार्बाे हाईड्रेट २०.७८ तथा क्याल्सियम, पोटासियम, फोस्फोरस, आदि तत्वहरु रहेका हुन्छन् । 

घाङर

घाङर रक्तवर्धक फल हो । विदेशीहरु यसका पातलाई हर्बल चियाको रुपमा प्रयोग गर्ने गर्दछन् । यसले मुटुलाई स्वस्थ राख्न मदत पु¥याउँछ । यसैगरी, घाङरमा उक्त रक्तचाप तथा हाईपरटेन्सन जस्ता रोगहरु नियन्त्रण गर्ने गुण रहेको हुन्छ । यसका पातहरुबाट एन्टि सनबर्न क्रिम, विभिन्न खालका छाला सम्बन्धी सौन्दर्य प्रसाधन तथा कस्मेटिक्सहरु तयार पारिन्छन् ।  घाङर आकारमा होचो भए पनि बलियो काठ हुने विरुवा हो । पहाडमा बुढापाकाहरु यसकै काठबाट बनेको लट्ठी टेक्ने गर्दछन् ।

असेलु

नेपालीमा ऐँसेलु भनिने यो फल पहाडि भेगका जंगल तथा बाटाघाटहरुको छेउछाउ उत्पादन हुने गर्दछ । यसलाई अंग्रेजीमा यलो रसबेरी, हिमालयन रसबेरी पनि भनिन्छ । यो फल नेपाल भारत मात्रै नभई फिलीपिन्स, मौरिसस, अस्टे«लिया, भियतनाम आदि मुलुकहरुमा पनि पाईने गर्दछ । विश्वभरी यसका लगभग १५०० प्रजातिहरु भेटिएका छन् । 

यसमा राम्रा औषधीय गुणहरु पाईने भएकोले विभिन्न रोग निवारणका लागि घरेलु चिकित्सा पद्दतिमा यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । वैज्ञानिक परिक्षण सफल भईसकेको यो वनस्पति आजको दिनमा एन्टी अक्सिडेन्ट, एन्टी ट्युमर, घाउ निको पार्ने तथा मुत्र नली संक्रमण निदान आदिका लागि प्रयोग गरिन्छ । सन् २०१६ मा एप्लाईड एण्ड नेचुरल रिसोर्सेस जर्नलले गरेको अध्ययन अनुसार ऐँसेलुमा क्यान्सर प्रतिरोधी तत्वहरु पाइन्छन् । हाल, यसलाई क्यान्सर रोगको उपचारका लागि नयाँ औषधीय तत्वको रुपमा विकसित गर्ने काम भईरहेको छ ।  साथै, ऐँसेलुमा कार्बाेहाईडे ड, सोडियम, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आईरन, जिंक तथा एस्कोर्विक एसिड प्रचुर मात्रामा रहेको हुन्छ । पोषण तथा औषधीय गुण प्रचुर मात्रामा रहेको कारण ऐँसेलुलाई अहिले जाम, जेली, वाईन तथा भिनेगर आदि खाद्यवस्तु उत्पादनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसैकारण, रुस, पोल्याण्ड, अमेरिका, मेक्सिको आदि मुलुकहरुमा यसको व्यावसायिक खेती भईरहेको छ । अहिले विश्वभर व्यावसायिक रुपमा ५८० टन ऐँसेलु उत्सादन भईरहेको छ । 

अन्त्यमा,

 यी जंगली फलहरुको व्यावसायिक खेती गर्ने हो भने, यसले मुलुकको अर्थतन्त्रलाई समृध्द बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ । किनभने, विश्वबजारमा यतिखेर यी जंगली फलहरुको उच्च माग रहेको छ । खाद्यवस्तु, सौन्दर्य प्रसाधन तथा औषधी उत्पादन गर्ने कम्पनीहरु मै यी जंगली फलहरु ठूलो मात्रामा खपत भईरहेका छन् ।   

   

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला