'इस्लामिक स्टेटको' चक्कु हमलामा एकको मृत्यु

'इस्लामिक स्टेटको' चक्कु हमलामा एकको मृत्यु

फ्रान्स । फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन्।

पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो। स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ। 

ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ‘एक इञ्चले पनि नझुक्ने’ बताएका छन्।  प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ‘अल्लाहु अकबर’ भनेर काराएको र उनलाई नियन्त्रण ‘स्टन गन’ को प्रयोग गरिएपनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन्। 

फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले उक्त आक्रमणमाथिको अनुसन्धानको नेतृत्व गरिरहेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस

श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा

भारतीय वैज्ञानिक जो न्युटन र आइनस्टइनको

भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई

ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला