फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध

फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध

बीबीसी । मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ । प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए।

फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ। शुक्रवार टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने- यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए।

सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक(एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए। जबकि वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका बेल्टुहरू विस्फोट गराएका थिए।

प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई 'लज्जाजनक' भनेका छन्। ओलान्दले थपे, "ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ।" 

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'अभद्र र अक्षम। योभन्दा बढी म के भन्न सक्छु र?'

हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो।

न्याशनल राइफल एशोसियसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई 'युद्धक्षेत्र'सँग तुलना गरे। 

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला