किमका ५ रोचक तथ्य

     किमका ५ रोचक तथ्य

अहिले विश्वको ध्यान कि उत्तर कोरियाली नेता किम जोङले खिचेको छ, कि त शक्तिशाली शासकहरु ट्रम्प, पुटिन, सिले । संसारभरका मिडिया तिनै शक्तिशाली अनुहार जता दौडिन्छन् जे भन्छन् त्यसैलाई समाचार बनाउन अभ्यस्त छन् । पछिल्लो समय निकै आणविक हातहतियारका कारण चर्चामा रहेका   उत्तर कोरियाका सर्वोच्च नेता किम जोंङ पनि त्यतिकै शक्तिशाली देखिएका छन् ।  उनका क्रियाकलाप पनि विश्व मिडियाको कभरेजमा पर्छ । तिनै किमको निजी जीवनबारे भने थोरैलाई मात्र थाहा छ । किमको निजी मामलाबारे यी ५ रहस्यमय तथ्यहरुः

राजकुमार शैलीको बाल्यकाल

किमको जन्ममिति अहिलेसम्म एकीन छैन ।  उनी निकट स्रोतहरुका अनुसार किम सन् १९८२÷८३ मा जन्मिएका हुन् । उनको बाल्यकाल निकै सुखशयलमा बित्यो । दरबारमा हुर्किएको एउटा राजकुमार भन्दा कुनै कम छैन किमको बालापन ।     एनके लिडरशिप वाच नामको वेबसाइटको निर्देशक माइकल मेडनले बीबीसीलाई भने ‘उनी ठूल–ठूला बंगला मा बस्थे । उनको जीवन विलासताबाट भरिपूर्ण थियो । किमका पिता किम जोंङउलका पूर्व सुरक्षाकर्मीले अमरीकी न्यूज ग्रुप एबीसीसँग कुरा गर्दै किमको विलासी बाल्यकालबारे खुलासा गरेका छन् । सन् २०१७ मा माइकल मेडनले भनिन् ‘म निकै तनावमा हुन्थे,त्यहाँ खेल्ने कोही पनि हाम्रो उमेरका थिएनन् । उनीहरु सबै वयस्क थिए र विभिन्न खाले कुरा सिकाउथे ।’

उत्तर कोरियन सरकारले किमको तस्वीरहरुलाई सार्वजनिक गरेको छ, उनलाई सानै उमेर देखि नै सैन्य पोशाक मा देख्न सकिन्छ । मेडन थप्छिन्, ‘किमको परिवारसँग कसैलेपनि आज्ञाको बिना कुनै संपर्क गर्न सक्दैनथ्यो । त्यस्तो कार्य गर्नेले कि त जेल वा मृत्यु रोज्नुपर्ने हुन्थ्यो । मलाई बच्चाहरुको सुरक्षाका लागि खटाइएको थियो किन कि बच्चा अपहरण ुुहुन सक्छ भनेर ।’  

स्विटजरल्याण्डमा पढाई

किम  ले आफ्नो पढाई स्विटजरल्याण्ड को बरफी वादियोंमास्थित एक जर्मन स्कूलमा पूरा गरेका थिए ।  सन् १९९६ देखि २००० सम्म उनी युरोमा आफनी सानी आमसँग बसेर अध्ययन गरे । पछि उनी सानी आमा अमेरिका गएपछि उनले आफ्नो हुलिया फेरेर अध्ययन अघि बढाए ।

द वॉशिंगटन पोस्ट को सँगको  अन्तरर्वार्तामा उनकी सानी आमाले भनिन् ‘ किम समस्या ल्याउने खालको बच्चा थिएन् । तर, उ चिड़चिडा थियो र  सहनशीलता को कमी थियो । किमसंगका सहपाटीहरु उनलाई दूतावासमा काम गर्ने कर्मचारीको बच्चा ठान्थे र राम्रो व्यवहार गर्थे ।

बास्केटबलप्रति लगाव

सानै उमेरमा किम खेलप्रति रूची राख्थे । त्यसमा पनि बास्केटबलमा उनको निकै रूची थियो । उनी खेल्दा निकै आक्रमक बन्थे ।    किम अमरिकी बास्केटबल खेलाडी माइकल जर्डनका फ्यान थिए ।  उत्तर कोरिया को सर्वोच्च नेता बनेपछि पनि उनको बास्केट बल प्रतिको लगाव घटेन् । अमरिकी खेलाडी डेनिस रोडमेनले धेरै पल्ट उत्तर कोरियाको यात्रा गर्दापनि उनीहरु बीचको सम्बन्ध सधैं विवादको रहेको टिप्पणी हुने गर्छ । रोडमेनले एक टिभी कार्यक्रम ‘द लेट शो’ कार्यक्रममा भने मान्छेहरु किमलाई पागल भन्छन् तर, म त्यसमा सहमत छैन् ।’

  व्हिस्की र एनिमेशन फिल्मका फ्यान

किम रक्सीका पिउनमा पनि उत्तिकै सौखिन छन् । १५ वर्षको उमेरमै उनी रक्सी सेवनमा डुबेको उक्त अनलाइनले जनाएको छ । किमको पहिलो चुस्की नै जोन वाकर व्हिस्की संग थियो । माइकल मेडन भन्छन, उत्तर कोरियन मान्छे को लागि यो अस्वाभाविक कुरा छैन।’

एनके लीडरशिप वेबसाइट भन्छ,‘किमलाई जापानी एनिमेशन फिल्महरु अति नै मनपर्छन्  माइकल ज्याक्सन देखि लिएर मेडोना को संगीतमा रूची छ। भनिन्छ कि किममा यो  रूची उनको बुवा र दाईबाट सरेको हो ।  किमका ठूलो भाई किम जोंङ चोल सन् २०१५ मा लन्डनमा आयोजित एक म्यूजिक कंन्सर्ट को समयमा देखे परेका थिए । यो होइन, कि किमले सानै उमेरमा वाद्य यंत्र बजाउन सिक्नुभएको थियो । उनी सानोमा गिटार बजाउथे ।

दयालुपन

विश्व चर्चित किम जोङका बुवा किम जोङ उलको शेफ रहेका एक जापानी नागरिकले किम उदारवादी नेता भएको टिप्पणी  गरेका छन् । किम उलसँग १० वर्ष बिताएका ती जापानीले २०१० मा उत्तर कोरिया छाडेका थिए । केंजी फुजीमोतो उपनामले समेत चिनिने उनले थुप्रै यात्रा सम्बन्धी किताब लेखेका छन् । तीर्थ यात्राको समयमा जापान देखि भागेर उनी कोरिया पुगेका थिए । त्यहाँबाट भागेपछि कतै उत्तर कोरियाली जासुसले  खत्तम गर्छन कि भन्ने सोचको फुजीमोतो त्यतिबेला तीन छक परे जब २०१२ मा पोयङयोङले नै उनलाई बोलायो ।

केंजी भन्छन् , ‘म धर–धरी रुन थाले ।’ वाशिंगटन पोस्टसँगको अन्तरवार्तामामा कोरियाली भाषामै उनले भने,‘ म फुजीमोतो गद्दार, फिर्ता आए भनेर भने ।’ त्यसपछि युवा नेता किमले ठीक छ, ठीक छ  भने ।

प्रतिकृया दिनुहोस

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

अब भारतमा समलिंगी यौनसम्बन्ध वैधानिक

गुगल, फेसबुक र ट्विटरप्रति ट्रम्प किन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला