चीनको राष्ट्रपतिमा फेरि सि 

चीनको राष्ट्रपतिमा फेरि सि 

बेइजिङ । चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरि निर्वाचित भएका छन् । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट सि  राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।   केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका  सि हाल ६४ बर्ष भएका छन् । 

उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि लिइसकेका छन् ।  चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो । गत अक्टोबरमा उनले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए । 

गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रूपमा केन्द्रिय नेतृत्वमा जोडिनु भएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् । उनी अबदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्ने भएका छन् ।  गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।

संसद्ले सिका निकट मानिने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरूले उनलाई निर्वाचित गरेका हुन् ।

  

प्रतिकृया दिनुहोस

‘भारतका महान छोरा’ पूर्व प्रधानमन्त्री

भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री

वाउ ! सूर्य छुने रकेट उड्यो

न्युटनको चाल सम्बन्धी तेस्रो नियम

‘नक्कली’ बन्ने होडबाजी

कथा कुरान प्रेमी हिन्दु परिवारको 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि