मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

    मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

काठमाडौं । युवा कवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरिए । त्यही क्रममा काठमाडौंस्थित कपन संगीत सरोवरको आयोजनामा तीनै पुस्ताका सर्जकलाई समेटेर गजल गायन तथा वाचन कार्यक्रम सम्पन्न गरियो ।

शनिबार सम्पन्न कार्यक्रममा विभिन्न सिर्जना प्रस्तुत भएका थिए । कला, साहित्य अनि रंगमञ्चको विविध गतिविधि गर्दै आएको ‘कसार’ले मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा शास्त्रीय संगीतका विनय वर्मा,उनकी छोरी तथा प्रखर युवा आवाजकी धनी गायिका सुजाता वर्मा र उनकै नाती तवला वादक संकल्प वर्माले अ आफ्नो प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा गायक सूर्य चापागाइँले मोतीराम भट्टले लेखेको तथा भक्तराज आचार्यको स्वर संगीतको ‘यतिसम्म प्रीत गरि गरि’ बोलको गजल गाए । त्यसैगरी विनय वर्मा, सुजाता वर्मा,  शशीविक्रम थापा र ज्ञानकुमार खड्काले पनि आफ्ना आफ्ना गजल गायका थिए ।

त्यस अवसरमा कविहरू नारायण नेपाल, विसुकुमार केसी, डा. विष्णु केसी, गणेश मिश्र, चूडामणि खनाल, शैलेन्द्र सिग्देल, सूर्य चापागाईँ, मुना खतिवडा,ओमकार नेपाल, विनोद चालिसे, पार्वती अधिकारी, शिवराम घिमिरे, अविनाश भट्टराइ,अर्पणा आपागाईँ, शक्ति नेपाल, यशराज गौतम, एकात्मा खड्का, नम्रता थापा, दावा शेर्पा,वद्री भट्टरार्इ, शशीविक्रम थापा, लक्ष्मण अधिकारी, हेम राइ र हिरा राइले आ–आफ्ना रचना वाचन गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला