सञ्चारकर्मी गीता अधिकारीको तीजैमा ब्रत बसी.. गीत सार्वजनिक

        सञ्चारकर्मी गीता अधिकारीको तीजैमा ब्रत बसी.. गीत सार्वजनिक

काठमाडौं/सञ्चारकर्मी गीता अधिकारीले ‘तीजैमा ब्रत बसी...’ बोलको गीत बजारमा ल्याएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित मनसुन क्याफेमा सार्वजनिक गरियो ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीतालगायतका कलाकारको अभिनय रहेको गीत ‘तीजैमा ब्रत बसी...’ को भिडियो सार्वजनिक कार्यक्रममा गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, गीतकार डा. डीआर उपाध्याय, वरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीताले भनिन् । ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, पक्कै पनि सबैले मन पराइदिनुहुन्छ भन्ने लाग्छ’ नायिका पुजनाले भनिन् ।

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला