बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’

  बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’

काठमाडौं/दुवै कान नसुन्ने र बोल्न नसकन्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’ सार्वजनिक भएको छ । राजधानीमा  शुक्रबार मिलापको आयोजनामा  एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक भएको हो ।

सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा पहिलो संविधानसभा सदस्य साथै नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रीय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले,महासचिव सुर्यबहादुर बुढाथोकी,केन्द्रीय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुली लगायतको आतिथ्यतामा गीतिको भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै एभरेष्ट वल्र्ड रेकर्ड कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को पनि अभिनय रहेको छ । कार्यक्रममा सुजल अभिनित गरेको गीतको भिडियो उत्कृष्ट रहेको प्रतिक्रिया सहभागीले दिए ।

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला