सिर्जना चोरीको श्रृंखला

  नारायण नेपाल, 

संगीतको बजार तातेको छ, आरोप-प्रत्यारोप छ, अनि छ एक्कासी अघि बढाइएको सहमति !

च्यातियो भनेर चर्चामा ल्याइएको गलबन्दी र पछ्यौरीले नेपाली सांगीतिक आकाशको एक आश्चर्यजनक खबर बोक्न पुगेको छ ! भर्खरै सहमति गरियो भनिएको मृदुल गायक शम्भु राईको एक दशैं गीत ‘आऊ नाचौं साथी हो’ मा झुण्डिएको युवाशालीन सर्जक प्रकाश सपूतको ‘गलबन्दी’ले स्रष्टा र सिर्जनाको बजारमा एउटा गहन चर्चाको विषय थपेको छ । 

अटल बहादुर कतै मिलेको अनि मसान कतैबाट प्रभावित भएको तथा राजा गगनीराजको यात्रा कतै पहिल्यै तय भएको आदि टिप्पणी सुनिआएका मान्छेले एकैखाले चलचित्र त प्रायः हेरेकै हुन्छन् । नेवारी खाजाघरमा बनाइने आलुचना प्राय सबैतिर एउटै स्वादमा भेट्ने गरेका हामी साहित्य र कलामा पनि समप्रसँग मिल्छ भन्छौं नै ! गलबन्दीको सरगर्मीले सबैखाले प्रभाव छोएर बग्ने पानी एकै खालका भाँडामा हालेको विश्लेषण संगीत बजारमा छाएको छ । 

अर्काको सिर्जना सोधेर पनि श्रोत नहाल्ने तथा नसोधी राख्ने लिने कार्य कृति चोरी हो । बदमाशी सहनु राम्रो होइन र यसो गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । युवा व्यावसायी पुरन चालिसे भन्छन्, ‘सर्जक चोर बन्नु चैं कदापि हुनुहुँदैन ।’

सब नाटक । चोर्ने र चोराउने खेल साहित्य न सङ्गीत कतै पनि हुन नहुने  मोफसलका साहित्यानुरागी परु योञ्जनको तर्क पनि मननीय लाग्छ । एनजीओकर्मी सामना गुरुङका शब्दमा मिलिभगतमा गरिने सबै फोहोरी खेलको पर्दाफाँस हुँदै जानुपर्छ । सहमति हुञ्जेल उल्टोपाल्टो काम गरेर पनि चुप लागिदिने र मन नमिल्दा धुवाँदार रडाको मच्चाउने चलन घर गर्दै आएको हाम्रो पृष्ठभूमिमा गीत–संगीत चोरीको पछिल्लो वाकन सोचनीय विषय भएको प्रष्ट छ । 

राजमतीको नेपालभाषाको किस्सा नेपाली लयमा मौलिक मसलासहित मुनामदन लेखिएको भनिएकै छ ! हामीले बोल्ने भाषा पनि अरु कसैले पहिले बोलेकै हुन् । नयाँ कुरो त के छ र ? तरपनि हरेक कुराको एउटा सीमा हुँदो हो नि के गर्न पाइने के नपाइने भनेर ! जानकारहरू फरक–फरक धारमा उभिएर मात्रै, नत्र कसैको कला तथा सिर्जना कसैले चोर्नु हुँदैन र कतै कसै सहमति गरिएको वा साभार के हो श्रोत सम्झाउनी राख्नै पर्छ। अष्ट्रेलियामा अध्ययनरत निरज महर्जन भन्छन्, ‘भत्ता खान मिल्ने सांसदहरू सिर्जना अनि सम्पदा जोगाउने जस्ता विषयमा पनि एक हुन सिक्नुपर्छ । कला र सिर्जना चोरीको विषय दुखद् पाटो हो ।’

काठमाडौंका ठेला व्यावसायी रोजिना बगाले कटाक्ष गर्छिन,‘नाम न दाम त्यसो गर्न पाइँदैन नि ! चर्चा कमाउने भोकमा अहिले मान्छे जे पनि गर्न थालेका छन् । कानुन न सजायो चोर्यो बजायो ।’

‘चोरीका गीत नै हिट अनि गुरु गुँड चेलो चिनी भनेझैँ विभिन्न खबर मिडियामा छाएकै हुन् । कुरा सुन्दा पनि अचम्मको ! पाटन दरबार अनि तारा जूनसरीजस्ता चलेका लोकगीतका संकलक रत्न गदाल भन्छन्, ‘लोकभाका केही न केही मिल्छ तर हुबहु नक्कल गर्न चैं हुँदैन, एकै सूरतालमा बनाइएका गीत धेरै छन् । अलि चले दाबी गर्ने होइन भने चुपचाप बस्ने परम्पराजस्तै लाग्छ मलाई त ।’

बाल्मीकि विद्यापीठका सह–प्राध्यापक तथा लोक संस्कारका मर्मज्ञ विद्वान ध्रुव भट्टराईका विचारमा लोक गीत अनि संगीत भनेपछि सिर्जना लय आदिमा नाम दाबी गरेको अनौठो कुरो हो । लोक लयको मूल मर्म नबुझिएको हो कि बलमिचाइ, लोकभाकाहरूमा स्रष्टा अज्ञात रहन्छ भन्नेकुरो आज उल्टो पारिएको छ । लय वा शब्द संकलक अथवा संगीत संयोजकजस्ता शब्द राख्नु चलाउनु पर्नेमा सोझै गीतकार तथा संगीतकार भन्न थालिएको तुकपूर्ण नलाग्ने कुरो हो । सदियौंदेखि चलिआएका धून समाएर एउटा रचना गर्ने र आफूले बनाएको भन्ने बेकारको कुरो हो ।  आफ्नो मौलिकता दिनु एउटा कुरो, चोरी नै गर्ने अर्को कुरो  । चोरीजस्तो घृणित कार्य कतै कसैले नगरून् र नगराऊन् पनि । यस्तो कार्य जानाजानी वा अञ्जानमा गर्नु शास्त्रमतले पनि पाप मान्दछ । सम्बन्धित सबैले बुझ्न जरूरी छ । 

पछिल्लो समयका व्यस्त संगीतकर्मी एवम् भजनगायक शशीविक्रम थापाका विचारमा अहिलेको गीत चोरीको कुरो सुनियोजित कुनै खेल हो ।  शम्भु दाइलाई नाम चाहिनु प्रकाश भाइले पनि दाबी विरोध नगरी मिलापमा आउनु आश्चर्यजनक र नाटकीय लाग्ने कुरा हुन् । उसो त सपूतकै पछिल्लो दोहोरी  ब्याटल पनि नारायण गोपाल लगायतले गाएको गीत बैनीको दया छ भनेसँग थोर बहुत मिलेकै पाइन्छ । शम्भु दाइकै एउटा सिर्जना पनि नारायाण गोपालको मस्याङ्दी नदी बोलको गीतसँग लगभग मिलेकै प्रतीत छ । 

कसका गीत कोसँग मिले ?

–कुमार बस्नेतको रउसी खान जाउँ भन्नेसँग लगभग मिलाएर मह जोडीले रूपै मोहनी बनाएको चर्चा । 

–प्रेमराजा महतलगायतले गाएको सिमसिमे पानी गीत कोही बयोवृद्ध किसानको गुन्गुनाहटबाट प्रभावित भएको भनिएको  

–शम्भु प्रधानको चलचित्र सम्झनाको उकालीमा बोलको गीत भुवन केसीले कृ फिल्ममा नसोधी राखेर बबण्डर मच्चिएको ।  

 –शम्भु राईको एक गीत नारायण गोपालको मर्स्यांदी नदीसँग नजिक रहेको भनिएको ।

–छक्कापञ्जा २ को ए दाजु बोलको गीत कान्छा मगर नेपालीको सिर्जना भएको पुष्टि ।

–पशुपति शर्मालाई हरिदेवीको तिज गीत चोरीको आरोप लागेको 

–प्रकाश सपूतले पहिले नारायण गोपालको र अहिले शम्भु राईको गीत अनाहक लिएको भनिएको ।

–नेपथ्यले तयार पारेको एक गीत दीपेश के भट्टराईले पनि उस्तै गएबात संगीत वृत्तमा हल्ला चलेको ।

–निरा जहिले रिसाउने गीत पनि भारतीय तमिल भाषाको कुनै गीतसँग मेल खाने भनिएको

–जम्ल्याहा दाजुभाइ राम -लक्ष्मणले गाएको एउटा गीत ‘र प्रविन’ भन्नेले आफ्नो दाबी गरेको ।

–यसैगरि, गायक कमल खत्रीको एक गीत जापानी कुनै गीतसँग मिलेको भनिएको, युवा संगीतकर्मी कालीप्रसादको एक गीत फ्रेन्च कुनै गीतको नजिक रहेको ठानिएको, नबीन के भट्टराईका केही धून स्पेनिश धरातलबाट प्रभावित रहने गरेका, नेपाली चलचित्रहरूका कथा तथा संगीत कतिपय भारतीय चलचित्रसँग मिल्नगएका, आदि अनेकन अफवाह छन् ।   

निचोड 

छिट्टै नाम कमाउने, धूम मचाउने, सांगीतिक रिमिक्स जसरी गरेपनि हुने नाउँमा र टिक्टके संगीतको लोभमा सिर्जनात्मक र कला विचलनका किस्सा अनेक छन् । गाइजात्रे व्यङ्ग गीत भन्न लायक  जाँतो र ढिकी कुट्ने जस्ता शब्दप्रधान पुस्तक आञ्चलिकता तथा ठेट भाषाको प्रयोग भन्दै मिडियामा प्रमुख धारको खबरमा राख्नु र ल्याइनु विडम्बनापूर्ण आजको दिनमा प्लेजिआरिज्म गर्ने अनि प्रतिलिपि अधिकारजस्ता न्यायका तत्त्व ओझेलमा पार्ने सहमतिहरू गर्ने परिपाटी सायद कालान्तरमा बेठिक नै पुष्टि हुनेछ । नाम चलेकाले त गरेका छन् भन्दै गलत कार्य गर्ने प्रोत्साहन कसैले नलिओस् र नदिओस् । तर्कसंगत र न्यायोचित विधिमा विश्वाश गर्दै सिर्जना उपार्जनमा लागिरहनुको विकल्प छैन । स्तरीय सिर्जनामा लागिपर्नु र हल्लाको पछि नलाग्न आग्रहसहित ।

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला