गलबन्दीको विवाद मिल्यो

          गलबन्दीको विवाद मिल्यो

काठमाडौं । चर्चित लोकगीत ‘गलबन्दी’को विवाद सल्टिएको छ । बुधबार संगीतकार/गायक शम्भु राई र गायक प्रकाश सपुतबीच ४ बुँदे सहमतिपछि गीतको विवाद समाधान भएको हो ।

सहमति अनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश गरिने छ ।

अब गरिने प्रकाशनमा शम्भु राईको नाम समावेश गर्न सपुत तयार भएका छन् । ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ ।

यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ । सामाजिक सञ्जाल लगायत माध्यममा निकै हिट भएको गलबन्दीको स्वामित्वको विषयलाई लिएर केही समय यता राई र प्रकाश सपुत विवाद चलिरहेको थियो । सहमति भएपछि शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजूरी फिर्ता लिने भएका छन् ।

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला