‘द सुपर मम’ छनोटमा धाँधली

 ‘द सुपर मम’ छनोटमा धाँधली

काठमाडौं । ‘द सुपर मम’ छनोट प्रतियोगितामा आयोजकले धाँधली भएको आरोप प्रतिशप्रर्धीहरुले लगाएका छन् ।

बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा आयोजक नायिका पूजना प्रधानले मनोमानी र पक्षपाती ढंगले निर्णय गरेको सहभागी प्रतिष्पर्धीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । उनीहरुले आफूले पाएको ताज तथा मेडल समेत फिर्ता गरेको घोषणा गरेका छन् ।

नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको सहभागी १० जना प्रतिशपर्धीको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगिता अन्तिममा १६ जना प्रतिष्पर्धी थिए । निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरिएको उनीहरूको भनाइ छ । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘७ जना निर्णयकर्तामध्येबाट पनि ३ जनाको निर्णयलाई हामी आमाहरु समक्ष किन ल्याईएन ?’ आएका निर्णयहरुपनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुको दाबी छ । आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखे ।

आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागी सेकेण्ड रनरअपको ताज पाएकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकाले ताज फिर्ता गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘हामीहरुलाई सौन्दर्यको वस्तु बनाईयो । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

पूजनाले आफूजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् । श्रेष्ठले भनिन्,‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्छ ।’

प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै कार्यक्रममा सहभागी गराई सम्पूर्ण निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीले देखेको कुरा पनि पुष्टि हुने उनीहरुको दाबी छ ।

प्रतियोगितामा सहभागी अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको आरोप लगाईन । त्यस्तै, उनले शीर्ष दशभित्रपनि आउन नसक्ने प्रतिष्पर्धी एमी कमार्चार्यालाई फष्ट रनर अप र बाला राईलाई तेस्रो विजेता बनाईएको दाबी गरिन् । प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला