अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रा. पी खरेललाई प्रदान

अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार प्रा. पी खरेललाई प्रदान

काठमाडौं । यस वर्षको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार  प्रा.परशुराम खरेललाई प्रदान गरिएको छ । साढे चार दशकदेखि नेपाली पत्रकारितामा निरन्तर सक्रिय रहँदै आएका खरेललाई शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार रु १ लाख १ हजार १ सय ११ राशीको सो पुरस्कार प्रदान गरेका हुन् । खरेल त्रिभुवन विश्वविद्यालयको  पत्रकारिता तथा आमसञ्चार विषयको पहिलो प्राध्यापक हुन् ।

 रुद्र,गौरी र श्री अम्बिका ओली प्रतिष्ठान,झापाले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारको यो छैठौं संस्करण हो । प्रतिष्ठानको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष राष्ट्रिय स्तरमा चार ओटा विधामा पुरस्कार प्रदान गरिदै आएको छ । त्यस्तै रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार ३५ वर्षदेखि कृषि विभाग,लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद नार्कमा वरिष्ठ कृषि वैज्ञानिकको रुपमा कार्य गरेका डा. केदार बुढाथोकीलाई प्रदान गरियो । पुरस्कारको राशी १ लाख १ हजार १ सय एघार रहको छ ।

प्रतिष्ठानले गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार श्रीमती दुर्गा घिमिरेलाई प्रदान गरेको छ । गैर सरकारी संस्था मार्फत चेलीबेटी बेचविखन विरुद्ध क्रियाशील घिमिरेले आफ्नै पहलमा एबीसी नेपाल नामक संस्थाबाट समाजसेवा गर्दै आएकी छन् । सो पुरस्कारको राशी पनि १ लाख १ हजार १ सय एघार नै रहेको छ ।

 त्यसैगरी देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ११ मा अध्ययनरत यामबहादुर विकलाई प्रदान गरिएको छ । बालबिवाह न्यूनिकरणका लागि विकट स्थानमा बसेर पनि चुनौतीपूर्ण काम गरेको भन्दै बिकलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एकाउन्न हजार १ सय एघार रुपैयाँ रहेको छ । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले समाज परिवर्तनका लागि हरेक व्यक्तिले सकारात्मक सोच बनाउनुपर्ने भन्दै भावी दिनमा पनि संस्थाले त्यस्ता व्यक्तित्वहरूको पहिचान गरेर पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रती सहभागी थिए । पुरस्कारको प्रणेता स्व.श्रीप्रसाद ओली हुन् ।     

प्रतिकृया दिनुहोस

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला