खुल्दैछ किस्मतको ‘किस्मत’ 

 खुल्दैछ किस्मतको ‘किस्मत’ 

एउटा असल गीत बजारमा आएपछि त्यसका धेरै फ्यान हुन्छन् । गाँउ–सहर सबैतिर गायकको चर्चा चुलिन्छ । सङ्गीत सर्जक र रचनाकारले पनि गीतको ब्याज थारै भएपछि लिन्छन नै । तर, गायक, रचनाकार र संगीतज्ञ जत्तिकै मिहेनत गर्ने सङ्गीत रेकडिष्ट (साउण्ड इन्जियर) भने प्रायः ओझेलमै हुन्छ । पर्दा पछाडिको हिरोका रुपमा काम गर्ने त्यस्तै रेकडिष्ट हुन एसबीएन किस्मत । 

माया लुकी लुकी, सालको पातको टपरी,  कर्के नजर, लालु मै, गोप्य कुरा, मेरो हजुर–३ का सबै गीत, ओ सानी, तिमी नै मेरो सास हौ, मिठो मिठोजस्ता थुप्रै लोकप्रिय गीत रकेर्डिङ गरेका उनको चर्चा सिँडी चढ्दैछ । दुई सय पचास भन्दा बढी गीतमा मिक्सिङ उनी आफ्नो मिहेनत र लगनमा विश्वास गर्छन् । भन्छन्‘क्रिएसन सबैभन्दा ठूलो हो ।’  

आफूलाई अब्बल सावित गरिरहेका एचबीएनले सानै देखिको रूचीले अहिले यो स्थानमा पुग्न सफल भएको बताए ।  सानोमा उनी लाइभ बाजा बजाउन निक्कै रुचाउथे । ‘मैले बासुरी र मादल बजाउथे’,उनले भने,‘२०६८ मा एसएलसी दिएपछि अझ म यो क्षेत्रमा खटिए ।’ 

एरेञ्जर, कम्पोजर आशिष अविरल एचबीएन किस्मतको मामा । अविरलको मार्गनिर्देशनले उनलाई यसक्षेत्रमा अझ सजिलो भयो आफ्ना क्रिएशनमा पस्किनका लागि । आशिषको भाञ्जालाई काठमाडौं ल्याउनु पर्छ राम्रो रेकर्डिस बनाउछु भन्ने सोच रहेछ । सानै देखि नै यही क्षेत्रमा आफ्नो रुचीको क्षेत्र भएकाले पनि एचबीएन किस्मत काठमाडौं आए र यही क्षेत्रमा संघर्ष गर्न थाले ।  उनी काठमाडौं आए र यही क्षेत्रमा संघर्ष गर्न थाले । तर, स्टुडियोमा काम गरेर घरखर्च चलाउन गाह्रो भयो । उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे ।

दुई वर्ष जति उनी दुबई गएर बसे । त्यहाँ दुई वर्षको समयमा उनले म्युजिकलाई छोडन सकेनन । थप अध्ययन गरे त्यही यस सम्बन्धि नै र आफूलाई अझ निखारने काम गरे ।   नेपाल फर्केपछि उनले यसै क्षेत्रमा करियर बनाउने निक्र्योल गरे । वरिष्ठ साण्उड इन्जियर प्रदीप उपाध्याय लगायतसँगको सिकाइले उनी अझै दरिए । यो क्षेत्रमा निरन्तर छु, अझ धेरै गर्न बाँकी छ उनी भन्छन, ‘यसमा अन्तर्राष्ट्रिय सफलताको पर्खाइमा छु अवश्य त्यो दिन चुम्ने छु ।’ गाीता अधिकारी

प्रतिकृया दिनुहोस

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला