नयाँ वर्षको पहिलोदिन कोमल वलीले भनिन्,‘२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ’

    नयाँ वर्षको पहिलोदिन कोमल वलीले भनिन्,‘२०१९ मै मेरो पनि स्वयम्बर हुन्छ’

काठमाडौं । गायिका तथ राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफूले सन् २०१९ भित्रै स्वयम्बर गर्ने बताएकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्वारा सञ्चालित ‘माइस्वयम्बर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र ताली बजेको थियो ।

सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५÷१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि ।’

आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’ सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन ।

उनले भनिन्,‘हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो। तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र ? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए, त्यो सकारात्मक छ ।’

आफूहरुले आज उद्घाटन गरिएको ‘अनलाइन–पोर्टल’ नेपाली हिन्दुहरुको विवाहलाई टार्गेट गरेको पनि उनले सुनाए । उनले थपे,‘वैद्धिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आईपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पु¥याउने यसको मुख्य उद्देश्य हो ।’

 

प्रतिकृया दिनुहोस

पूर्व प्रशासक कोइरालाको ‘सीमाना खोज्दै’

‘माछी बस्ने पानीमा’ गीतको म्युजिक

नयाँ वर्षको पहिलोदिन कोमल वलीले भनिन्,‘२०१९

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला