झमकको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ चैत्र २२ बाट प्रर्दशन हुने

    झमकको जीवनीमा आधारित  फिल्म ‘जीवन काँडा कि फूल’ चैत्र २२ बाट प्रर्दशन हुने

काठमाडौं । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’  नामक आत्मकथात्मक कृतिमा  बनेको चलचित्र चैत २२ देखि सञ्चालनमा आउने भएको छ ।

विहीबार राजधानीमा एक कार्यक्रमकावीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम लगायतको सहभागिता थियो । चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट भारतको सिलगुडीका हुन । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार,उमा बेबीलगायत रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

‘द सुपर मम’ छनोटमा धाँधली

३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले

उर्जा साहित्य र मोफसलको बल ...

पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै

असारमा नृत्य प्रशिक्षण कार्यशाला

अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला