नारायण गोपाल २८ औं स्मृति दिवस

         नारायण गोपाल २८ औं स्मृति दिवस

काठमाडौं/शनिबार स्वर सम्राट नारायण गोपाल गुरुवार्चायको २८ औं स्मृति दिवसको अवसरमा  संगीत शिला प्रतिष्ठानले कला तथा सांगीतिक क्षेत्रका ब्यक्तिलाई सम्मान गरेको छ । कलाकर्मीहरुलाई नेपालीका युवा नेता गगन कुमार थापाले सम्मान गरे ।

त्यस अवसरमा नेता थापाले सरकारले जनताको अपेक्षा अनुरुप परिवर्तनलाई सस्थागत गर्र्न नसकेको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ गीतकार कालीप्रसाद रिजालले नारायण गोपालले नेपाली संगीतिक क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद प्रसाईले प्रतिष्ठानले मुलुकको सांगीतिक क्षेत्रमा मौलिकता र गरिमालाई जोगाउने कामहरू गर्दै आएको जानकारी दिए ।

प्रतिष्ठानले शनिबार नै नयाँ नेतृत्व समेत चयन गरेको छ । प्रतिष्ठानको १५ औं वार्षिकसाधारण सभाले बद्रीप्रसाद प्रसाईको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पौडेल, महासचिव त्रिलोचन पौडेल, सचिव वसन्तकेशर पण्डित क्षेत्री, कोषाध्यक्ष मिना पोखरेल चयन हुनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा युवराज ढकाल, माधवप्रसाद चालिसे, श्यामसागर श्रेष्ठ, दुर्गा गिरी चयन हुनु भएको छ ।

 

प्रतिकृया दिनुहोस

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला