बाख्रा चराउन जाँदा... (कथा)

            बाख्रा चराउन जाँदा...  (कथा)

नारायण नेपाल,

फ्याट्–फ्याट् पड्किने चप्पल लाएर उफ्रँदै मनकान्छी टाट्नातिर लाग्छे । उसलाई बाख्रा चराउन जान रमाइलो लाग्छ ।

यसपाली तिहारमा द्यौसी–भैलो खेलेर कमाएको पैसाले उसले त्यो जूनछाप भुक्के चप्पल किनेकी हो । साथी–सङ्गीलाई नयाँ सामान देखाउने रहर ख्याल सानो छ र फेरि !

यो घोर्ली पनि के गर्छे  अरु बाख्रा फुकाइवरि पर पुगि सक्दा पनि घोर्लीले गर्दा ऊ ढिलो हुँदैथिई ।

ए खापेमा खुट्टा जाकिछे, अनि कसरी हुन्छ  मनकान्छीले बाख्राको खुट्टा तानिदिई । घोर्ली कुदेर समुहमा मिसिएको देखियो ।

बस्तीको पल्लापट्टि खुल्ला चउर थियो । बाख्रा चराउने ठाउँ । त्यहाँ पुग्नै लागेको बेला उसले देखी, लामकाने पठ्याक्री उफ्रिएको ।

पठ्याक्रीका खुट्टा चर्लप्प चिरा पारी खाइहालुँ लाग्ने काँक्राजस्तै सर्लक्क परेका थिए । भुवादार चिल्लो ढाड र पुटुक्क ज्यान हेर्नलायक थियो । कान उस्तै राम्रा ।

एक पटक, दुई पटक... उफ्रिएर नथाकेको त्यो पठ्याक्री कराएको पनि सुनियो । स्वर कस्तो न कस्तो अर्कै पाराको निकालेर । दगुरेको देखियो । र, देखियो अगाडिको बाख्राको बुई चढेको ।

एकै छिनमा वरिपरिका बोकाहरू आए र पठ्याक्रीलाई खेदाउन थाले । पठ्याक्री पनि इत्रिँदै यता र उता कुद्न थालेको हो कि जस्तो पनि देखिन्थ्यो । हेर्दाहेर्दै बाख्राहरू ओझेल परेझैँ लाग्थ्यो चरनमा पर..पर ।

एकाछेउमा उभिएकी मनकान्छीलाई उदेक लाग्छ १ यस्तो उदेक पहिले कहिल्यै लागेको पनि थिएन । एउटा अनौठो रहरले उसलाई किचेको भान पनि हुन्छ । आश्चर्य मान्दै उसले आफैँलाई हेर्छे ।

टेर्लिङको जामाले थेक्न नसक्ने खालको उसको आफ्नो तन उसलाई नशालु लाग्छ यतिखेर । अनि साथीहरू भएतिर आँखा पुर्याउँछे । सोमवीर र बाशवी हात हालाहाल गरेर चल्दै हुन्छन् । सुशीला र सोमतीहरू सनत र रूपकसँग डोरी तानातान खेल्दै हुन्छन् । कोई के कोई के !

त्यतिकैमा शुकलाल सुनामीजस्तो वेगमा आउँछ र बोल्छ, के सारो चिट्चिट् पसिना आएको तिमीलाई रु जिउ पनि ठुँस्स पो छ त रु... तन ठुँस्स भए नि के भो र मन ठुँस्स छैन क्यारे त ! के–के न भन्न आँट्यो होला भनेको यस्तो कुरा पो ?

हैन ब्यारे, हामी पनि पर गएर सिन्कौली दरवार खेलौँ न भनेर भन्न आको । जुम् ।

हुन्छ, जुम् न त।

चप्पल पड्काउँदै पुतलीजस्तै फुर्फुर र फर्याकफुरुक गर्दै मनकान्छी शुकलालसँग कुमकुम जोड्दै सिमाली झाङपरिको बलौटे फाँटतर्फ हुर्रिन्छे । आ, साथीहरूलाई मेरा चप्पल भरे देखाउँला भन्दै ।

नेपथ्यमा लामकाने पठ्याक्री कराएको आवाज आउँछ, म्याँयाँयाँयाँ...

प्रतिकृया दिनुहोस

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला