कविता : छोरी सम्झेर 

कविता : छोरी सम्झेर 

मेरी छोरी आज मेरी छोरी 

ओच्छ्यानको एक कुनामा 

लम्पसार बनेर सुतिरहेकी छिन । 

 

न बाबासँग बोल्छे, न भाइसँग माया गरेर हरेक भाग 

आधा–आधा बनाएर खुवाउने दादालाई त

आँखा तर्न थालेकी छिन । 

 

 यो एक्कासी आएको 

परिवर्तनले म घायल भएकी छु नहुँ पनि कसरी ? 

यही मेरी छोरीले  हरेक छोरीरो सपना 

साकार पार्न साँझ–बिहान नभनी 

समाजलाई उज्यालो बनाउनु पर्छ । 

 

छोरा सरह छोरी पनि अगाडि  बढ्नुपर्छ

आमा भन्दै हरेक घर–घरको 

ढोका ढक्ढकाउन जान्थी अहिले त्यही छोरी 

न कसैको घरमा जान्छे । 

न घरमा सबैसँग बोल्छे । 

 

आफ्नै बाबा, दाइ, भाइलाई पनि 

भरोसा गर्न छाडेकी मेरी छोरी 

घरी–घरी निर्मला निर्मला भन्दै

फत्फताई रहन्छिन । 

 

यो कलिलो मुनामा परेको असर 

कसले बुझिदिन्छ  ?  कसले सुनिदिन्छ ?

  दिनदिनै धेरै छोरीहरूको 

अस्मिता लुटिन्छ ।

 

मेरा जस्ता छोरीहरूको इच्छा, 

चाहना भविष्य निमोठिन्छ । 

मस्तिष्क बिछिप्त बनाइन्छ । 

खुलेआम हिँड्न  अराजक तत्वहरूको 

घृणीत व्यबहारले  रोकिदिन्छ । 

 

अपराधीको सजाय गर्ने द्वारमा बसेका 

सेवकहरू  कुरा के गर्ने यहाँ ? 

पाइलै पिच्छे बलात्कृत 

विभत्स शरीरले मलाई बचाउन सकेनौ । 

मलाई बचाउन सकेनौ

 भन्दै आत्माबाट निस्केका 

ज्वालाको धुँवा उडिरहँदा 

निदाइरहेको छ मेरो देश निदाइरहेछ । 

 

साँच्चै अन्धो बनेको छ  । 

मेरो देशको अन्धो कानुन

 अब भगवान नै जानुन् । 

 

सरस्वती पाण्डे    

प्रतिकृया दिनुहोस

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला