कविता : न्याय

कविता : न्याय

कानुनी राजमा न्याय हराएको समाचार

प्रत्येक दिन हेडलाइन बनेर आइरहन्छ प्र

भातको सुनौलो किरणसँगै 

काला अक्षरहरूमा अखबार बनेर दैलोमा ।

 

खुसी दुर–दुर भासीएको छ । 

गरिब निमुखाका चिसा मझेरीहरूमा सन्नाटाको चाङ बढ्दो छ । 

 शिक्षा अनि चेतना राजधानीको सडकमा

फालिएको फोहोरझै ह्वास्स गनाएको छ 

 र,

पनि

गणतन्त्र आएपछि परिवर्तन  भएन भन्न निकै सकस छ । 

तथापी  न्याय हराइसकेको कुरा छ  अड्डा, अदालत र शहरमा । 

रगत र पसीनाको सिँचाइ गरेर 

खाइनखाइ कमाएको सम्पति राज्यलाइ कर तिरेर 

पालेको सुरक्षाकर्मीले न्याय माग्दा तोपले

  उडाएको साचो हो, सक्कली नरपिचासलाई जोगाउन ? 

 

निर्दोश दिलीप विष्टलाई  बलत्कारी घोषणा गरेर पाहालाई पछारे झैँ,

बिरालोले मुसा खेलाएझैँ ,

धुलोपिठो पारेको पनि साँचो हो !

तर,  न्याय हराएको खबर यी मात्रै पनि होइनन् । 

 

निर्मलालाई न्याय दिलाउन

साबात्रीहरूको केस मुन्डन 

सडकमा अर्धनग्न जुलुस,

अखबारमा केही हजार सेलीब्रेटीका बिचारहरू,

राष्ट्राध्यक्षका अर्को  ग्रहमा बलत्कारी गए 

पनि कानुनी दायरामा 

ल्याउने बिचारहरू,

हो यहि माझ हराएको छ न्याय । 

 

उपचारको  ऋण तिर्न नसकेर

अस्पतालकै  छतबाट कृष्ण क्षेत्रीले आत्महत्या

गरेको पनि साँचो हो ।

 दसौ हजार नेपाली आमाको सन्तानको साहादत बाट

  गणतन्त्र आएको कुरा पनि साँचो हो

  तर 

यो देशलाई सतिले सरापेको भन्ने कुरा सहि होइन ।

गणतन्त्रले निमुखालाई न्याय दिलाएको  कुरा सहि होइन । 

 

सहि कुरा त, 

पन्चायत कालमा मारीएका नमिता–सुनिताका 

आमा, बा र छरछीमेकलाई थाहा छ 

स्व.प्रबिण गुरुङ र स्व.मदन भण्डारीका  

आफन्तलाई थाहा छ, 

राज्यसत्तासँग न्याय माग्न राजधानी आएका

  निर्मलाका बा, आमालाई थाहा छ,

 

आफ्नै सहकर्मीबाट पीडित सुन्तली धामी र  ग्याङ रेपमा

परेर मुखमा कागज कोचेर

 मारीएकी माया वि.कका छरछिमेक 

र, उहाँको आमा, बालाई थाहा छ । 

न्याय पाउन कतीसम्म लड्नुपर्ने रहेछ

  भन्ने कुरा पूजा बोहराहरूलाइ पनि थाहा छ 

सबै आमा, बा हरूलाई थाहा छ । 

 

 

सन्तोष सिम्खडा

  गोरखा 

प्रतिकृया दिनुहोस

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला