छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने करोड नाघे

   छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने करोड नाघे

काठमाडौं । निर्माता तथा निर्देशक दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ३’ को गीत यू ट्युबमा हिट लिष्टमा परेको छ । दशैंमा प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ धेरैले रुचाएका छन् ।

यू ट्युबमा अपलोड भएको ३६ दिनमा करोड बढी दर्शकले गीत हेरेका छन् ।  बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले करोडको केट काट्दै खुसीयाली मनायो ।   गजबको संयोग के भयो भने गीतले करोड भ्यूज पाउनु र यसका संगीतकार दीपक शर्माको जन्मदिन एकैदिन परेको छ । निर्माण टिमले करोड भ्यूजको केकसँगै संगीतकार शर्माको जन्मदिन पनि एकसाथ मनाएको छ ।

 निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताए ।  विन्दु परियार र डेभिड शंकरको स्वर रहेको  ‘पहिलो नम्बरमा’ गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।   फिल्ममा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको  ‘छक्का पञ्जा ३’ ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ ।

गीतको भिडियोः

 

प्रतिकृया दिनुहोस

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

कविता : न्याय

गजल:यो मेरो मुटु उसैको

छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला